सांग्रिलाको वार्षिकोत्सवमा रक्तदान

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाहरुमा रक्तदान आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, कलस्टर कार्यालयहरू, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालय, नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, सञ्चालक, सयरधनी र कर्मचारीको सहभागितामा रक्तदान आयोजना गरिएको हो ।

केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौंमा ४५ प्वाइन्ट, कलस्टर कार्यालय पोखरामा १ सय ४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट र बुुटवलमा ३० प्वाइन्ट गरी ३ सय २६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।