Author Archive

लक्ष्मण पौडेल ‘गिनिज बुक’ मा

पर्वतको कुश्मा २ खुर्कोटका लक्ष्मण पौडेल ‘गिनीज बुक अफ वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन् । पौडेलले वैदेशिक रोजगारीका क्रममा दुबहीमा हुँदा ७ दिनसम्म लगातार साइकल चलाएर गिनीज बुकमा नाम राखेका हुन् । दुबहीको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी एजेन्सीले आयोजना गरेको साइकल चलाउने प्रतिस्पर्धामा पौडेललाई अन्य ६ जनाले साथ दिएका थिए । पौडेलको टोलीले साइकल चलाएर १ हजार ९ सय ७१ किलोमिटरको दूरी १ सय… पुरा पढौ

पर्यटकले लगाए भाइटीका

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि भाइटीका महोत्सव गरेको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए । महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए । रेन्बो चिल्ड्रन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले १२ औं भाइटीका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा… पुरा पढौ

बंगुर पालेर मालामाल

स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा ७ वर्ष बिताएका विकले ४ वर्षअघि केबिएसबी ब)गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ,’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको छु ।’ विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी… पुरा पढौ

अब सिर्टिफिकेट धितो राखेर ऋण

अब व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते… पुरा पढौ

सुर्के मैदान सिर्जनशील क्लबमा राजाराम

सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ मा राजाराम पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट निर्वतमान अध्यक्षमा प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुरज पौडेल, सचिवमा ईश्वर अधिकारी, सहसचिवमा रवि पौडेल र कोषाध्यक्षमा दिनेश लामिछाने चयन भएका छन् । सदस्यमा लक्ष्मी, पौडेल, विनोद रानाभाट, किरण पौडेल, शुष्मा रानाभाट, शान्ति रानाभाट, प्रदीप अधिकारी, सुदीप पौडेल, दीपक पौडेल र विनोद पौडेल चुनिए । राजेन्द्र पौडेलको संयोजकत्वमा शुक्रराज… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’सकियो

पोखराको बिग एफएमले तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेमसो ‘तिहारको खेल मज्जाको खेल’यस वर्ष पनि आयोजना ग¥यो । कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम सो २२ गते गोबद्र्धन पूजासम्म चल्यो । ३ दिनसम्म सहभागीमध्ये करिब १ दर्जनले ५६ हजार बढी जिते । मुग्लिनका थमन थापाले सबैभन्दा बढी २० हजार जिते । झलक खत्रीले २ हजार, नन्दबहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते… पुरा पढौ

इलेक्ट्रिक स्कुटर पोखरामा

उकालो होस् कि ओरालो मज्जाले तानोस्, हेर्दा गज्जबको लुक्स होस्, मूल्य पनि धेरै नपरोस् । दैनिक खर्च भइरहने पेट्रोल पनि हाल्नु नपरोस् । यस्तो स्मार्ट सवारीको खोजीमा हुनुहुन्छ ? यस्तो सवारी तपाईको रोजाइ हो भने तपाईको छनौट सहरमा आइपुगेको छ । माछापुच्छ«े अटोमोबाइल्स सिमलचौर पोखराले यस्तै विशेषता भएका विभिन्न मोडेलका स्कुटर बिक्री सुरु गरेको छ । रिमोर्टबाट पांग्रा लक गर्न मिल्ने, ब्याक गियरसमेत भएका यस्ता स्कुटर राजधानीपछि पोखरामा भिœयाइएको हो… पुरा पढौ

धर्मशीला सम्मान मिन गुरुलाई

धर्मशीला विद्वत वृत्ति २०७५ बाट परियति केन्द्र प्रमुख मिन गुरुलाई सम्मान गरिने भएको छ । भिक्षु धज्जवन्तोको अध्यक्षतामा मंगलबार बसेको धर्मशीला विद्धत वृत्ति व्यवस्थापन समितिको बैठकले मिन गुरुलाई सम्मान गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ गते धर्मशीला गुरुमाको पुण्यतिथिमा उनलाई सम्मान गरिनेछ । नदीपुर स्थित धर्मशीला बुद्धविहारकी संस्थापिका अनागरिका धर्मशीला गुरुमाको नाममा अनागरिका कर्मशीलाले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । पुरस्कार राशि नगद १५ हजार र ताम्रपत्र… पुरा पढौ

कास्की कांग्रेसको चियापान

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् । लामो समयको त्यागबाट प्राप्त उपलब्ध संस्थागत गर्न राजनीतिक दलको सहमति, सहकार्य र एकता कायम हुनुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस कास्कीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा कोइरालाले सरकार असफल भए संघीयता असफल हुने उल्लेख गरे । उनले सुरक्षा संयन्त्र बलियो बनाउन प्रदेशलाई सुरक्षाको जिम्मा दिन केन्द्रीय सरकारलाई अनुरोध गरे । कास्की सभापति कृष्ण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं