धर्मशीला सम्मान मिन गुरुलाई

धर्मशीला विद्वत वृत्ति २०७५ बाट परियति केन्द्र प्रमुख मिन गुरुलाई सम्मान गरिने भएको छ । भिक्षु धज्जवन्तोको अध्यक्षतामा मंगलबार बसेको धर्मशीला विद्धत वृत्ति व्यवस्थापन समितिको बैठकले मिन गुरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ३ गते धर्मशीला गुरुमाको पुण्यतिथिमा उनलाई सम्मान गरिनेछ । नदीपुर स्थित धर्मशीला बुद्धविहारकी संस्थापिका अनागरिका धर्मशीला गुरुमाको नाममा अनागरिका कर्मशीलाले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ ।

पुरस्कार राशि नगद १५ हजार र ताम्रपत्र छ । बुद्ध धर्म अध्ययन, अनुसन्धान र अन्वेषणमा योगदान दिनेलाई यो सम्मान प्रदान गरिँदै आएको छ ।