Author Archive

‘लमी’ हेर्नेको चाप

नेपाल भाषाको पहिलो चलचित्र ‘लमी’को पहिलो प्रिमिएर सो पोखरामा भएको छ । फिल्मलाई पोखरेली दर्शकले साथ दिएका छन् । तेर्सापट्टिको बाराही ‘क’ र बाराही ‘ख’ मा एकसाथ प्रदर्शन भएको चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिति थियो । नेपाल भाषा चलचित्र पोखरामै पहिलो र कलाकार पनि पोखराकै भएका कारण दर्शक चाप भएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा कलाकार विक्रम उदासले लमीको भूमिका निभाएका छन् । चलचित्रमा अञ्जली महर्जन, जितेन्द्र नापित, उदयबहादुर… पुरा पढौ

पोखरालाई पोखरा प्रिमियर लिग 

भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको पोखराबाट शुरु भएको पहिलो संस्करणकोे पोखरा प्रिमियर लिगको उपाघि घरेलु टोलीले उचाल्यो । रवि इन्दर सिंहले ५८ बलमा ९० रनको महत्वपूर्ण इनिङ्समा पोखरा पल्टनले मंगलबार चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै २७ लाख राशीको… पुरा पढौ

कगेश्वरीमा २२७ किलोको कागको मूर्ति

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा गराएको थियो । मन्दिर २ सय २७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित भएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट… पुरा पढौ

प्याराग्लाइडिङ  विश्वकपमा कोरियाको बर्चस्व

प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट(खेलाडी)ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् । ओभरअल प्रतिस्पर्धाको छ राउण्डको समाप्तीमा कोरियन पाईलट स्याङयु लिमले १२ अंक जोड्दै उपाधिसहित १ हजार युरो पुरस्कार स्वरुप थापे । उनले अन्तिम चरणको उडानमा केवल दुई अंकको स्कोर गरेपछि नेपालमा आयोजित पहिलो सस्करणको विश्वकपको उपाधि लिमको पोल्टामा पर्यो । दोस्रो र तेस्रो स्थानमा समेत कोरियन खेलाडीले नै कब्जा गरे । समान… पुरा पढौ

मेडिसिटी अजड सम्झौता

ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पताल र अजड् इन्सुरेन्स लिमिटेडबीच बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदररित सेवा प्राप्त गर्ने छन् । क्यासलेस अर्थात नगदरहित सेवा ग्राहकले उपचारका लागि भर्ना भएको अवस्थामा उपभोग गर्न पाउने छन् । इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बिमाका माध्ययमबाट नागरिकलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त… पुरा पढौ

भाइटीकाको उत्तम साइत ११ः५५ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक… पुरा पढौ

डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ। विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय  ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो। विशेष अदालतले सोबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत सुनाएको छ। श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६… पुरा पढौ

दशैं र सांस्कृतिक दशा

दशैं छिमेकीको घरमा आउँछ, सँगसँगै आफ्नै घर भित्रिसक्छ । दशैं छोराछोरीको चङ्गा भएर आउँछ । नौजवानको उमङ्ग भएर आउँछ । नयाँ लुगा लगाएर ब्रुकब्रुक उफ्रिरहेका नानीहरू देखेर दशैंको रंगले पूर्ण पोतिएको घरको भित्ताले मुसुक्क हाँसिदिन्छ । घरभन्दा टाढा रहेकाहरू दशैं नै बोकेर आउँछन् । मिठामसिना खानाले वाक्कै पार्नेगरी दशैं आउँछ । वर्षभरको थकान मेटाउने चौतारी बनेर दशैं आउँछ । बिहेवारीबाट टाढिएकाहरू माइतीमावली फर्कंदा सायद दशैंले थप पूर्णता पाउँदा हुन् ।… पुरा पढौ

मस्तिष्काघातबाट हरेक १० सेकेन्डमा १ को मृत्यु

‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइएको छ । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालन अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं