‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइएको छ । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालन अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ ।
मस्तिष्काघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्काघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पु¥याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउँछन् ।
हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ ।
शारीरिक सन्तुलनमा अचानक गडबडी, आँखा कमजोर, अनुहार बाङ्गिएको, हात वा गोडामा कमजोरी, बोली लरबरिनु लगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउछन् । डा पौडेल भन्छन्, “यीमध्ये कुनै लक्षण देखिएमा ४ घण्टाभित्र अस्पतालमा पु¥याउन सकिएमा मस्तिष्काघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।” पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्काघात बढ्दो क्रममा नै रहेको बताइन्छ ।
एक अध्ययन अनुसार नेपालमा मस्तिष्काघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको थियो तर विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक २ सेकेण्डमा एकजना मस्तिष्काघातबाट पीडित हुने र १० सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्दछ । हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ ।
मृत्युको दोस्रो कारक तत्वका रुपमा यसलाई लिइन्छ । छ मध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ ।
मस्तिष्काघात हुन नदिन के गर्ने ?
डा पौडेलन मस्तिष्काघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपान लगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, “रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धुमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।”
यस्तैगरी मस्तिष्काघातपछि हुने कमजोरी विश्वमा नै अपाड्गताको दोस्रो ठूलो कारणको रुपमा रहेको छ । यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका सयम हुने चिकित्सक बताउछन् ।
डा पौडेलका अनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमा मात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्काघातलाई नियन्त्रण गर्न सकिन्छ ।