‘लमी’ हेर्नेको चाप

नेपाल भाषाको पहिलो चलचित्र ‘लमी’को पहिलो प्रिमिएर सो पोखरामा भएको छ । फिल्मलाई पोखरेली दर्शकले साथ दिएका छन् ।

तेर्सापट्टिको बाराही ‘क’ र बाराही ‘ख’ मा एकसाथ प्रदर्शन भएको चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिति थियो । नेपाल भाषा चलचित्र पोखरामै पहिलो र कलाकार पनि पोखराकै भएका कारण दर्शक चाप भएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा कलाकार विक्रम उदासले लमीको भूमिका निभाएका छन् । चलचित्रमा अञ्जली महर्जन, जितेन्द्र नापित, उदयबहादुर अमात्य, चन्दा श्रेष्ठ, सूर्य महर्जन, लक्ष्मी महर्जन, निरन्जन बजिमय, मधुसुदन जोशी लगायतको अभिनय छ ।

चलचित्रको निर्देशन यादव भोछिभोयाले गरेका छन् भने छायांकन पोखरा, बागलुङ लगायत क्षेत्रमा भएको छ । प्रेम कथामा आधारित चलचित्र १ विवाहित जोडीका बीचमा हुने द्वन्द्व र समझदारी बनेपछिको प्रगाढ मायाप्रितीमा कथामा केन्द्रीत छ ।