• मुख्य समाचार
  • समाचार
  • समाज
  • दृष्टिकोण
  • नेपाल संवाद
  • अर्थ, वाणिज्य
  • खेलकुद
  • स्वास्थ्य
  • साहित्य
  • फुर्सद
  • अन्य
    • टिपनटापन
    • प्रविधि
    • विश्व
    • शिक्षा
    • सम्पादकीय

ताजा समाचार

  • पोखरामा २ प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार
  • प्रदेशमै मिडिया दर्ता, नवीकरणको व्यवस्था गर्छाैंः मन्त्री थापा
  • नेपालमा ८६ हजार यौन श्रमिक
  • चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु
  • आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

प्याराग्लाइडिङ  विश्वकपमा कोरियाको बर्चस्व

नेपालदूत , पोखरा

कार्तिक १८ गते २०७५

प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट(खेलाडी)ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् ।

ओभरअल प्रतिस्पर्धाको छ राउण्डको समाप्तीमा कोरियन पाईलट स्याङयु लिमले १२ अंक जोड्दै उपाधिसहित १ हजार युरो पुरस्कार स्वरुप थापे । उनले अन्तिम चरणको उडानमा केवल दुई अंकको स्कोर गरेपछि नेपालमा आयोजित पहिलो सस्करणको विश्वकपको उपाधि लिमको पोल्टामा पर्यो । दोस्रो र तेस्रो स्थानमा समेत कोरियन खेलाडीले नै कब्जा गरे ।

समान १५ अंक जोडेका कोरियन पाईलटद्वय जिहुन यो र सियोङमिन लिले फेरी उडान भर्दै योले दोस्रोस्थानमा चिक्त बुझाए । उनले फेरी उडान गर्दा योले दुई अंक जोडियो भने लिले सात अंक थपे । उनीहरु क्रमश सात सय ५० र ५ सय युरो पुरस्कार स्वरुप पाउँदाँ स्लोभानियाका पाईलट प्रिलोजुईक रोक भने चौथो स्थानमा सीमित हुन पगे । उनी अन्तिम उडानमा दुई अंकको स्कोरमा रहदै १६ अंकसहित चौथो स्थानमा रहदै विश्वकप टुग्याए । नेपाली पाईलट युकेश गुरुङ भने ३३ अंकसहित आठौं स्थानमा चिक्त बुझाउन बाध्य भए ।

महिला तर्फको प्रतिस्पर्धामा पनि कोरियन खेलाडी ह्युनही किमले ५९ अंकसहित प्रथम हुदैं नगद १ हजार युरो प्राप्त गरिन् । दोस्रो स्थानमा पनि कोरियन खेलाडी इउनयोङ चोले छ राउण्डको खेलमा ७४ अंक जोड्दै दोस्रो स्थान कब्जा गर्दैै ७ सय ५० युरो फेला पारिन् । तेस्रो स्थानमा भने इण्डोनेसियाकी गीता रेज्की गुन्तरीले २११ अंकमा रहिन् । उनले ५ सय युरो पुरस्कार पाईन् ।

एक्युरेसीमा सबैभन्दा कम अंक जोड्ने खेलाडी उत्कृष्ठ मानिन्छ । तर क्रसकन्ट्रीमा भने सबैभन्दा बढी अंक ल्याउने खेलाडीलाई उत्कृष्ठ ठहरिने गर्छ ।

यसैगरी टिम तर्फको प्रतिस्पर्धामा पनि कोरियाली खेलाडीकै बर्चस्व रह्यो । चाङमिन लिको समूहले ९३ अंकसहित प्रथम हुदाँ कोरियाकै स्याङ्यु लिमले नेतृत्व गरेको टोली १६४ अंकसहित दोस्रो स्थानमा रह्यो । नेपालका युकेश गुरुङले नेतृत्व गरेको टिम भने २८४ सहित तेस्रो स्थानमा आईपुग्यो । टिम विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १२ र ७ सय यूरो नगद पुरस्कार पाए ।

एक्युरेसीमा सबैभन्दा कम अंक जोड्ने खेलाडी उत्कृष्ठ मानिन्छ । तर क्रसकन्ट्रीमा भने सबैभन्दा बढी अंक ल्याउने खेलाडीलाई उत्कृष्ठ ठहरिने गर्छ । स्याङजाको स्वरेकमा गत कात्तिक १५ गतेदेखि आयोजित प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा टिम विधामा पुरुषतर्फ ५ र महिलाका ३ जना सहभागि हुने प्रावधान थियो । स्वदेशी र विदेशी सबैले तीनवटै विधामा सहभागिता प्रतिस्पर्धा गरेका थिए ।

स्वरेक मैदान (समुन्द्री सतहदेखि १५७७ मि) बाट उडेर डौंघाफाँट (८ सय मिटर) मा अवतरण गर्ने तोकिएको थियो । एफएआई क्याटागोरी–२, अन्तर्गतको पिजिएडब्लुसी सिरिजको यो पाँचौ संस्करण हो । पिजिएडब्लुसीले वर्र्षेनी फरकफरक मुलुकमा यो प्रतिश्पर्धा आयोजना गर्दै आएको छ । योवर्ष टर्की, काजकास्थान, इन्डोनेशिया र क्यानडामा भईसकेको छ । नेपालपछि आगामि डिसेम्बरमा अल्बानियामा यस्तै प्रतिश्पर्धा हुँदैछ ।

गत भदौमा इन्डोनेसियामा आयोजित १८ औं एशियाली खेलकुदमा पनि प्याराग्लाइडिङले नेपाललाई क्रसकन्ट्रीमै उपाधि दिलाएको थियो । एक्युरेसीमा नेपाल सातौ स्थानमा थियो । प्याराग्लाइडिङ एक्युरेसी विश्वकप नेपालको लागि यो अहिलेसम्मकै ठुलो प्रतिस्पर्धा हो । ओभरअलमा ६७ जना पाईलटको सहभागिता रहेको थियो भने महिला तर्फ १५ पाईलटले सहभागिता जनाएका थिए ।

source : खेलाडी न्युज

 




मिल्दोजुल्दो समाचारहरू

  • कास्कीका पत्रकार र प्रदेशभरीका ट्राफिकलाई चस्मा वितरण
  • अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स
  • बुद्धिबहादुरदेखि स्वामी बोधानन्दसम्म
  • बन्द होइन, वार्ताबाट समाधान खोज्न माग
  • ७ सय जनाको सित्तैमा जाँच
  • ७ सय शिक्षकलाई प्याब्सन कास्कीको तालिम

भर्खरै

कास्कीका पत्रकार र प्रदेशभरीका ट्राफिकलाई चस्मा वितरण


...
हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं
हाम्रो टिम

सञ्चालक/सम्पादक : सुनिल पाण्डे
प्रधान सम्पादक : फडिन्द्र अकिञ्चन
संवाददाता : अनिषा बराल

सम्पर्क

पोखरा–८, न्युरोड, कास्की
Email: nepaldutnews@gmail.com
फोन नं. : 061-520214

सामाजिक सन्जाल

सूचना तथा प्रशारण विभाग दर्ता नं. १११४/०७५/०७६

Privacy Policy || © 2020. All rights reserved नेपालदूत