कगेश्वरीमा २२७ किलोको कागको मूर्ति

- कगेश्वरीमा २ सय २७ किलोको कागको मूर्ति

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा गराएको थियो ।

मन्दिर २ सय २७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित भएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी १३ लाखको लागतमा २ सय २७ किलो पित्तललगायत धातुबाट सो मूर्ति बनाइएको हो ।

यो नेपालकै ठूलो कागको मूर्ति हो । प्रदेशसभा सदस्य फुयाँलले गोकर्णेश्वरस्थित राष्ट्रिय शहीद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, तारेभीर, श्वेतवाराही, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी, लोकतान्त्रिक शहीद उद्यान, मणिचुड, चिसापानी, गोल्सेभञ्ज्याङ, झुले, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाँङ्कानस्थलका रुपमा विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको बताए ।