ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पताल र अजड् इन्सुरेन्स लिमिटेडबीच बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदररित सेवा प्राप्त गर्ने छन् ।
क्यासलेस अर्थात नगदरहित सेवा ग्राहकले उपचारका लागि भर्ना भएको अवस्थामा उपभोग गर्न पाउने छन् । इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य बिमाका माध्ययमबाट नागरिकलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकाले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिइएको अस्पतालका महाप्रबन्धक रिमालले बताए ।
अजड् इन्सुरेन्सले स्वास्थ्य बिमामा जोड दिएको र भविष्यमा धेरै मानिसमा स्वास्थ्य बिमाबारे सचेतना बढाउनअस्पतालसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।