पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाण्डौमा हुनेभएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघ अन्तर्गत २०६८ सालबाट ¥याङकिङ प्रतियोगिताबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करणसम्म आइपुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी ७ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

करिब १२ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार पाउने छन् ।

युगलतर्फ २०, १० र ५ हजार प्राप्त गर्ने छन् । यस्तै यु १७ तर्फ छात्र तथा छात्रा दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५÷५ हजारसहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फ शीर्ष ३ ले मेडल, ट्रफी तथा प्रमाण पत्रका साथै खेलकुद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।