Author Archive

कुलमानलाई साथ दिएका ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् । कान्छारामले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन भनेर तर किन दिने भन्ने जवाफ दिएको सुनाउँदै केही समयअघि हटाएको खबर पाएको जनाउ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो । पुरा पढौ

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध मुद्दा

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । ‘गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको’ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग २५… पुरा पढौ

पोखरा महानगरका नगर प्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी… पुरा पढौ

शिक्षामन्त्री विद्याले किन दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ । त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार र प्रधानमन्त्रीकै अपेक्षित साथ नपाएकी उनले शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सरकारले नसकेपछि राजीनामा दिएको बुझिन्छ । मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने… पुरा पढौ

नेपालः विद्यमान उकुसमुकुस र यसको सम्भाव्य निकास

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण दक्षिण एशियाको सानो तर सदा स्वतन्त्र पर्वतीय ÷पहाडी राज्य हो । प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा समेत उल्लेखनीय यो राज्य क्षेत्रफलमा एक लाख सत्चालिस हजार एक सय एकासी वर्ग किलोमिटर रहेको छ । यो देशको वि.सं. २०७८ सालको जनगणना अनुसार जनसङ्ख्या २,९१,६४,५७८ छ । समुद्र सतहबाट मात्र ६१ मिटरको उचाइ रहेका केचनाकवलबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा ८८४८ मिटरसम्म फैलिएको भूभाग रहेको देशको सरदर चौडाइ मात्र १९३… पुरा पढौ

भ्रष्ट्राचार र बेथितिविरुद्ध नेकपा कास्कीको खबरदारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले भ्रष्ट्राचार, अनियमितता, सहकारी ठगी जस्ता प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै खबरदारी गरेको छ । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपाले शुक्रबार पोखरामा ¥यालीसहित कोणसभा आयोजना गरेको हो । मानवअधिकार चोकदेखि सुरु भएको ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक हुँदै नदीपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीहरुले पोखरा विमानस्थलको अनियमितता छानबिन गर, सामाजिक विभेदहरु अन्त्य गर, युवालाई रोजगारीको ग्यारेन्टी गर, शिक्षकका मागहरु पूरा गर, सहकारी… पुरा पढौ

आगामी ३ दिन मेघगर्जनसहित वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।  महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया… पुरा पढौ

वसन्तः मुल मुद्दाबाट बरालिएको फिल्म

पछिल्ला दिनको वर्षापछि यसपालि बल्ल देशभर वसन्त ऋतुको आभास भएको छ । आकासको तुँवालो फारिएको छ, रुखहरु हरिया बन्दै छन्, पालुवा अङ्कुराउँदै छन् । यही वसन्ती यामकै नामको नेपाल चलचित्र पनि अहिले दर्शकसम्म पुग्ने संयोग जुरेको छ । चलचित्रमा सपूतसँगै स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति वसन्तले समानान्तर रुपमा दुई जोडीको अन्तर्जातीय प्रेम प्रस्तुत गरेको छ । बागलुङ… पुरा पढौ

वैशाखभर सबै जाँचमा ३० % छुट, न्युरोडमा थाइराइड सित्तैमा

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ । नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका पोखरा महानगरमा… पुरा पढौ

आविष्कार अस्पतालमा नयाँ वर्षको शुभकामना आदानप्रदान

नयॅा वर्ष २०८२ को अवसरमा पोखरा १० बुद्धचोक स्थित आविष्कार हस्पिटल आर्थ्रोप्लाष्टी एंड ट्रमा सेन्टरमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीबिच शुभकामना आदानप्रदान भएको छ । अस्पतालका अध्यक्ष वरिष्ठ नाक, कान तथा घॅाटीरोग विशेषज्ञ डा. सञ्जय कोइरालाले सञ्चालनको छोटो समयमा नै स्वास्थ्य क्षेत्रमा अस्पतालले आफ्नो नाम स्थापित गर्न सफल भएको बताए । उनले आउने दिनमा अस्पतालले दिने सेवाहरु अझै सहज र प्रभावकारी ढंगले प्रदान गर्ने लक्ष्य लिएको सुनाए । अस्पतालका प्रबन्ध… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं