Author Archive

जिप मर्मत गर्ने क्रममा च्यापिएर १ जनाको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ्जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका… पुरा पढौ

दुर्गा प्रसाईं भारतमा पक्राउ

गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । पुरा पढौ

पृथ्वीचोकमा ट्रकको ठक्करले माओवादी नेता कँडेलको मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । दिउँसो साढे १२ बजेतिर ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नजिकैको गण्डकी मेडिकल कलेज लगिएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११… पुरा पढौ

लेक लागेर मृत्यु

मनाङको तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका ९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । मंगलबार बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको छ । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले… पुरा पढौ

कथाः पसिनाको सम्मान

किन कामको श्रेणी छुट्याइन्छ ? आखिरमा काम त काम हो, जुन काम बदनियतसँग जोडिन्न, जुन काम गर्दा कुनै वर्ग वा समुदायलाई हानि पुग्दैन, जुन कामले जीवनयापनलाई महत्व दिन्छ, अनि जुन कामले आर्थिक उन्नतिमा टेवा पु¥याउँछ, त्यो कामलाई किन निन्दा गरिन्छ ? कि सो कामलाई सम्मानका दृष्टिले हेरिन्न ? किन हरेक कामलाई पैसाको मापदण्डले कसी लगाइन्छ ? र येनकेन जति सक्यो उति बढी पैसा कमाउने व्यक्तिलाई मात्र मनग्य सम्मान गरिन्छ ?… पुरा पढौ

आलु महोत्सव २४ गतेबाट, आलु किलोको ४२ रुपैयाँ

आइतबारदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदै छ । महोत्सवको तयारी सकिएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहेका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने नाराका साथ हुने महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका… पुरा पढौ

मुक्तकप्रेमीलाई सरुको उपहार ‘भिरको फूल’

मुक्तककार सरु लामिछानेको पहिलो मुक्तक संग्रह भिरको फूल शनिबार विमोचन गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ र कृतिकार लामिछानेले सो कृति सार्वजनिक गरेका हुन् । मुक्तक मञ्चले प्रकाशन गरेको कृतिमा १ सय ४१ मुक्तक संगृहित छन् । कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालमा मुक्तक र पोखरा एकअर्कामा पर्यायवाची भएको बताए । उनले पछिल्लो समय मुक्तककारहरुले देश, समाज र जीवनका अनेक… पुरा पढौ

पिसिएममा ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ कार्यशाला

पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा शिक्षक, विद्यार्थी गरी ४० जना सहभागी थिए । कार्यशालामा कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल… पुरा पढौ

घाँटीमा मासु अड्केर मृत्यु

घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो । गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा शनिबा करिब ११ बजेतिर घाँटीमा मासु अड्केर बेहोस भएका बताइएको छ । मासु अड्केर बेहोस भएलगत्तै उपचारका लागि वयलपाटा अस्पतालमा लैजादा उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं