Author Archive

राजावादीले आगो लगाएको भवनमा जिउँदै जलेर पत्रकारको मृत्यु

राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक जनाको मृत्यु भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एक व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान हुन् । प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन । जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको… पुरा पढौ

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । ्उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए । प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसाईले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरुका घर… पुरा पढौ

राजावादीको विज्ञप्तिः अब गणतन्त्र कागजमा मात्र

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आजबाट देश संक्रमणकालमा प्रवेश गरेको जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएको हो । पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी दिएको छ । ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ… पुरा पढौ

मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । एक मन्त्रीको सचिवालयले बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको बताए । पुरा पढौ

कुलमानको रिटमा कारण देखाउ आदेश

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले शुक्रबार लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही… पुरा पढौ

राजावादीको आन्दोलन अराजक, कर्फ्यु लगाउने तयारी

एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएको छ। काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन्। उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्। प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन्। त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। यस प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन्।… पुरा पढौ

रेन्बोका ९२ विद्यार्थी दीक्षित

पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले युकेजीका ९२ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई दीक्षित गरेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, संस्थापकद्वय खेमनारायण ढकाल र कृष्णप्रसाद ढकालले विद्यार्थीलाई दीक्षित गरेका हुन् । कार्यक्रममा अध्यक्ष पराजुलीले सिक्ने र सिकाउने थलो विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेको बताए । प्राचार्य बरालले विद्यालयको समग्र… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय भलिबल आयाेजना गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ एम

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा रंगशालामा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल निर्माण सम्पन्न भएको लामो समय पछि अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र… पुरा पढौ

अमेरिकी नागरिकलाई अपहरण गरी ३ लाख युरो फिरौती माग

मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–७ की ३७ वर्षीया सरीता लामा छिन् । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलबाट अपहरणमा परेकी अमेरिकी महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट उद्धार गरेको छ। कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार मार्च २४ गते अमेरिकी महिला अपहरणमा परेकी थिइन्। ती महिलालाई हेटौंडा पुर्‍याएर लामाले ३ लाख रुपैयाँ… पुरा पढौ

पोखरा १७ मा २२५ को आँखा जाँच

नेपाल नेत्रज्योति संघको ४७ औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार पोखरा–१७ मा ज्येष्ठ नागरिकको सित्तैमा आँखा जाँच गरिएको छ । शिविरमा २ सय २५ जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल रिफर गरिएको छ । उनीहरुको अस्पतालमा सित्तैमा शल्यक्रिया हुनेछ । शिविरमा एक सय ५० जनालाई आवश्यक चश्मा वितरण गरिएको थियो भने बाँकी केहीलाई चश्मा र औषधी दुवै सित्तैमा प्रदान गरिएको थियो । पोखरा महानगरपालिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं