एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएको छ।
काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन्। उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्।
प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन्। त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए।
यस प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन्। राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए।
राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ । तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् ।राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।




