Author Archive

१ अमेरिकी नागरिक नेपालबाट देश निकाला

चैत १५ गतेको आन्दोलनमा राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो। किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। उनी पर्यटक भिसामा नेपाल बस्दै आएका उनलाई मंगलबार अमेरिका फर्काइने तयारी छ । पुरा पढौ

मेथिनकोटमा आँखा शिविर, संसारीदेवीका विद्यार्थीलाई स्टेसनरी

लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको आयोजनामा काभ्रेको नमोबुद्ध–४, मेथिनकोटमा निशुल्क आँखा शिविर, स्टेसनरी वितरण र सम्मान कार्यक्रम भएको छ । क्लबले शुक्रबार मेथिनकोटको जोरसल्लामा रहेको संसारीदेवी आधारभूत स्कुलमा भएको कार्यक्रममा १ सय ७४ विद्यार्थीलाई कापी, कलम, पेन्सिल, पेन्सिल केस लगायतका स्टेनसरी वितरण गरेको हो । कार्यक्रममा काभ्या अप्टिकल्स काठमाडौं–१४, कुलेश्वरको प्राविधिक सहयोगमा आँखा शिविरसमेत भएको छ । नेत्र चिकित्सक मोनिका मण्डल र नेत्र सहायक कुमारप्रसाद मैनालीले आँखा जाँच गरेका… पुरा पढौ

डेन्टल साइन्स हाइजेनिस्ट गण्डकीमा परमेश्वरको नेतृत्व

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन (दसान) गण्डकी प्रदेशको तेस्रो अधिवेशनले परमेश्वर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सुवेदी पोखराको जिरोकिमीमा रहेको कास्की डेन्टलका सञ्चालक हुन् । शुक्रबार भएको संस्थाको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रुद्र ढकाल, द्वितीय उपाध्यक्षमा दशमी गुरुङ, तृतीय उपाध्यक्ष नारायण वाग्ले, महासचिव रमेश जिएम र सचिवमा रवीन्द्रकुमार पौडेल निर्वाचित भए । प्रदेश समितिका सहसचिवद्वयमा चित्रानन्द कुमार र रविन पाण्डे छन् भने कोषाध्यक्षमा डण्डपाणि चापागाईं र सहकोषाध्यक्षद्वयमा… पुरा पढौ

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ । प्रहरीले राजा फर्काउने भन्दै चैत… पुरा पढौ

पोखरामा शनिबार जागरण सभा, कहाँ कहाँबाट निस्किँदै छन् ¥याली ?

एमाले कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदै छ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट ¥याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट ¥याली निकालिने र उक्त ¥याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने ¥यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६,… पुरा पढौ

तीन सरकार, तीनतिर !

तीन तहकै सरकारबिच सहकार्य र समन्वय प्रभावकारी नहुँदा अपेक्षित परिणाम नआएको र काम गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले औंल्याउनुभएको छ । पोखरामा बिहीबार भएको प्रदेश विकास समस्या समाधान समितिको ११ औँ बैठकमा उनीहरुले यस्तो बताउनुभएको हो । संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीमा १५ बुँदा छन् । सङ्घ र प्रदेशका साझा अधिकार सूचीमामा २५ बुँदा छन् । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले यसपालिको वर्षाले बाटो बिगार्ने… पुरा पढौ

अन्नपूर्ण सिटी क्लिनिकमा बाथ उपचार सेवा

पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् । मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाथरोगमा दुई वर्षे फेलोसिप गरेका छन् । वाथ रोग विशेषज्ञ डा बाटाजू वाथ रोग लाग्दा हातका औंलाहरु दुख्ने, सुन्निने, राति, बिहान ढाँड दुख्ने, घुँडा दुख्ने, सुन्निने,… पुरा पढौ

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि… पुरा पढौ

जिप मर्मत गर्ने क्रममा च्यापिएर १ जनाको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ्जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका… पुरा पढौ

आँखा अस्पताललाई सिटिजन बैंकको सहयोग

सिटिजन बैंकले पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको हिमालय आँखा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरलाई कुर्सी हस्तान्तरण गरे । बैंकले १६ सिट भएका कुर्सी एक लाखमा खरिद गरी अस्पताmलाई प्रदान गरेको सिटिजन बैंक विरौटा शाखाका प्रबन्धक अनुप अधिकारीले बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाग्राहीको विशेष चाप रहने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं