आविष्कार अस्पतालमा नयाँ वर्षको शुभकामना आदानप्रदान

नयॅा वर्ष २०८२ को अवसरमा पोखरा १० बुद्धचोक स्थित आविष्कार हस्पिटल आर्थ्रोप्लाष्टी एंड ट्रमा सेन्टरमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीबिच शुभकामना आदानप्रदान भएको छ ।

अस्पतालका अध्यक्ष वरिष्ठ नाक, कान तथा घॅाटीरोग विशेषज्ञ डा. सञ्जय कोइरालाले सञ्चालनको छोटो समयमा नै स्वास्थ्य क्षेत्रमा अस्पतालले आफ्नो नाम स्थापित गर्न सफल भएको बताए । उनले आउने दिनमा अस्पतालले दिने सेवाहरु अझै सहज र प्रभावकारी ढंगले प्रदान गर्ने लक्ष्य लिएको सुनाए ।

अस्पतालका प्रबन्ध सन्चालक वरिष्ठ एनेस्थेसियोलोजिष्ट तथा दुखाई रोग विशेषज्ञ डा कृष्ण बोगटीले अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र सो कोषका योगदानदाता कर्मचारीहरले सहज रुपमा अस्पतालबाट सेवा लिन सक्ने जानकारी दिए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा रमेश शर्मा, अस्पतालका प्रबन्धक राम शर्मा बॅास्तोला लगायतले बाेलेका थिए ।

कार्यक्रममा अस्पतालमा कार्यरत कार्यालय सहयोगी दिलकुमारी गुरुङलाई उत्कृष्ट कर्मचारीको रुपमा दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरियाे ।