Author Archive

केपी ओलीको विकल्प केपी ओली नै हुन्

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै कमिटीहरु तदर्थ वा सङ्गठन कमिटीहरु हुन् । आफूहरूले स्वैच्छिक निर्णय गर्नेबाहेक अध्यक्षात्मक प्रणाली र महाधिवेशनले प्रत्यक्ष निर्वाचित गरेका अध्यक्षका बारेमा महाधिवेशनबाहेक अरु कुनै पनि निकायले फैसला गर्न सक्दैन । दुईटै अध्यक्षले सङ्गसङ्गै हस्ताक्षर गरेकाबाहेक अरु कुरा आधिकारिक हुन सक्दैन । पार्टीको अन्तरिम बिधानमा यही कुरा उल्लेख छ। जुङ्घाको लडाइँको निम्ति आफ्ना निहित स्वार्थ पूर्ति गर्न देशीविदेशी प्रतिक्रियावादीको ईशारामा मुलुकलाई अस्थिरताको आहालमा पार्न… पुरा पढौ

पोखराको नागढुंगामा भीषण आगलागी (भिडियोसहित)

पोखरा ९ नागढुंगामा अहिले भीषण आगलागी भइरहेको छ । नागढुंगाको एक फर्चिचर र भैसी फार्ममा आगो लागेको हो । फर्निचरका धेरै सामान जलेका छन् भने भैसी फर्मका भैसीहरु भने निकालिएको छ । आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प छ । यसले अझ जोखिम बढाएको छ । स्थानीय विजय पाठकले ग्याँस पड्किएर आगो लागेको आशंका गरे । लकडाउनका बाबजुद यहाँ हजारौंको भीड जम्मा भएको छ । सुरक्षाकर्मी र दमकल आगो निभाउन… पुरा पढौ

गजल

कि हजुरहरुको प्रचार अलिक कम भएको हो होइन, खल्तीको हजार अलिक कम भएको हो ! मालिक पसलमा मान्छेहरु बिकेका बिक्यै छन् मात्र मायाको व्यापार अलिक कम भएको हो सिटामोल नपाएर कर्णालीमा मान्छे मरिरहेछन् डाक्टर भन्दै छ उपचार अलिक कम भएको हो पाँचका लागि सयको झट्का अझै पुगेन कर्मचारीलाइ उपहार अलिक कम भएको हो पुरा पढौ

कविता : प्रश्न्न

हुन त म, रिसाएर तिम्रो मनकोसगरमाथा होचिने हुदै होइन!तर,तिमी रिसाउदा मेरो दुखकोमाछापुच्छ्रे किन अग्लिन्छ ?सपनीमा देख्दा पनिदेखे भन्न नपाउनु,तिमीसग खुलेयाम बोल्छु भन्न नपाउनु,अधिकार कटौती भैइरहेको तिमिले देख्यौँ ?प्रेम पोखिएरभुइँमा न भाडामा भएको तिमिले देख्यौँ ?के तिमिले म ,म नरहेको देख्यौ?के छ अरु लक्ष्य ?के छ रअरु उद्देश्य ?तिमिसम्म पुग्नु छतिमिमै रोकिनु छ !! अहिलेको परिस्थितिमा !!गुच्चा, मट्याङग्राखुट्टे ,बारहाते खेलखेल्न सक्दिन म तिमीसगआउ खेलौ बिचारकोबौद्धिक ब्याटम्यान्टिन!! हरेक बिहानसमृद्धिको बिहान होस !!हरेक… पुरा पढौ

बन्दाबन्दीमा खुल्नुपर्ने हाम्रो चेत

विश्वको शक्तिशाली राष्ट्रको रुपमा स्थापित भएको चीनको बुहान सहरबाट सुरु भएको कोराना भाइरसका कारणले अहिले विश्व नै आक्रान्त भएको छ। विश्वका अधिकांश देश यसको सिकार भएका छन्। कोभिड १९ ले साना, ठूला कुनै देश वा भौगोलिक हिसाबले छुट्टाएको छ, न कुनै आर्थिक हिसाबले। विश्व नै ध्वस्त बनाउने अस्त्र निर्माण गर्न सक्ने शक्तिशाली देशहरु पनि कोरोना भाइरसका कारण त्रसित भइरहेको अवस्था छ। दिनानुदिन यसका सङक्रमित बढ्दो क्रममा छन्। यो लेख तयार… पुरा पढौ

घडेरी : चार आना कि चार हात ?

सुन साँइली, साँइली परदेशबाट म आउँला सुन साँइली, साँइली चालिस कटेसी रमाउँला यही गीत सम्झिँदै एक जना साथीले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, ‘खै चालीस पुग्नै लागियो रमाउने त कहिले हो कुन्नि , कमाउन बल्ल विदेश आइएको छ ।’ कमेन्टमा लेख्न मन थियो, विदेश पसेका सबै कमाएर रमाउन पाएका छन् र ? तर लेखिनँ । कारण सामाजिक सञ्जालमा विदेशिँदाका खुसी प्रकट गरे पनि व्यक्तिगत कुराकानीमा पीडा पोख्ने साथीहरूका अनुहार स्मृतिमा… पुरा पढौ

कविता : पहिरो

पहिरो भनेको भत्कनु हो यो विनासको संसारमा पहिरो जहाँ पनि जान्छ वनमा जान्छ, मनमा जान्छ, यौवनमा जान्छ र जीवनमा जान्छ र भत्कनुको अर्थमा पहिरो गएपछि विनास हुन्छ, पहिरो जान्छ अनि देखाइमा फरक हुन्छ अझ पहिरो देखाइमा भन्दा पनि दुखाइमा गहिरो हुन्छ यसैले पहिरोको लेखाजोखा केवल अनुभुतिभित्र हुन्छ र पहिरो भनेको प्रक्रिया हो यसैले जान्छ पहिरो ( पहाडमा जान्छ वन नाङ्गो हुन्छ, (यौवनमा जान्छ, जीवनको वैसाखी भाचिएर दुनिया अपांगो हुन्छ, बाँच्नुको… पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का समस्याहरू

दलाल पुँजीवादभित्रका समस्या हुन्कम्युनिष्ट पार्टीका होइनन् । पोखरा लेखनाथमा एकनाथ परिवार छ । चार दाजु भाइ छन् । उनीहरूको कोरडौ करोड पर्ने सय रोपनीभन्दा धेरै खेत छ । अब भन्नू होला यो परिवार सम्पन्न छ । तर यिनीहरू फेरि लगायर सिदाबाट पेट पाल्छन् । कपडा पनि मागेर लगाउँछन् । यिनीहरू अपाङ्ग भएर यस्तो भएको होइन । किन यसो भयो भन्दा उनीहरूमा न किसानको बिरासत छ, न सम्पत्ति उपयोग गर्ने चेतना… पुरा पढौ

मनकारीबाट जुटाएर गरिबलाई राहत दिँदै पोखरा १७

भूगोल र जनसंख्या दुवै दृृष्टिले पोखरा महानगरको ठूलो वडा हो १७ । करिब ८० हजार मानिसको बसोबास रहेको वडामा करिब १ हजार सुकुम्बासी परिवार बस्ने गरेको वडा कार्यालयले जनाएको छ । कोरोनाको महामारी सुरु भएपछि चैत २७ गते महानगरले बाँडेको राहात सकिइसकेको छ । कामविहीन गरिब, मजदुर, विभिन्न क्षेत्रबाट पोखरामा आएर बसोबास गर्नेहरुलाई जीवन चलाउनै सकस परेपछि वडाले मनकारीहरुबाट सहयोग जुटाएर राहत वितरण गर्न थालेको छ । वडा कार्यालयले बिहीबार… पुरा पढौ

पिन तनहुँको रक्तदानमा ३० युनिट रगत संकलन

कोरोनाका कारण भएको बन्दाबन्दीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन (पिन) तनहुँले खुला रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ३० युनिट रगत सङ्कलन भएको इन्जिनियर अनिषकुमार ढकालले जानकारी दिए । रक्तदान रेडक्रस सोसाइटी दमौलीको प्राबिधिक सहयोगमा भएको थियो। कार्यक्रममा नेकपा तनहुँ सचिवालय सदस्य रामचन्द्र उपाध्यायले बिपत्तिको बेलामा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै नियमित जस्तो रक्तदान हुनु आवश्यक रहेको उल्लेख गरे । पिन गण्डकी प्रदेश सदस्य कृष्ण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं