दलाल पुँजीवादभित्रका समस्या हुन्कम्युनिष्ट पार्टीका होइनन् । पोखरा लेखनाथमा एकनाथ परिवार छ । चार दाजु भाइ छन् । उनीहरूको कोरडौ करोड पर्ने सय रोपनीभन्दा धेरै खेत छ । अब भन्नू होला यो परिवार सम्पन्न छ । तर यिनीहरू फेरि लगायर सिदाबाट पेट पाल्छन् । कपडा पनि मागेर लगाउँछन् । यिनीहरू अपाङ्ग भएर यस्तो भएको होइन । किन यसो भयो भन्दा उनीहरूमा न किसानको बिरासत छ, न सम्पत्ति उपयोग गर्ने चेतना नै छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको हालत त्यस्तै छ । यस पार्टीमा झापा बिद्रोह र माओवादी जनयुध्दको बिरासत छ, आठ लाख पार्टी सदस्यहरू छन् भनिन्छ । लगभग दुई तिहाईको सङ्घीय सरकार यसैको छ, छेत्रीय सरकार र स्थानीय सरकार पनि लगभग यसैकै छ । यदि यो सरकार कम्युनिष्टको भएको भए सुकुम्वासी मजदुर किसान सर्वहारा वर्गको उद्दार गर्न सक्ने थियो । जसरी त्यो परिवारले भएको जग्गामा खेती गरेर खान भन्दा आफ्नो बिरासतको पुरानो पेसा फेरि लगाएर खान सजिलो मान्यो, किनकी यो परिवार कहिल्यै किसान थिएन । त्यस्तै यस सरकारको नाम कम्युनिष्ट भए पनि यो संसदीय सरकार बिदेशी साम्राज्यवादीको दलाल भएकाले उनीहरूकोमा फेरि लगएर खान सिक्यो । देशमा भएका प्राकृतिक सम्पदाको उपयोग गरेर सम्पन्न नेपाल बनाउनतर्फ कहिल्यै लागेन ।
नवउदारवादमा ब्यक्तिगत स्वतन्त्रतालाई बढी प्राथमिकता दिइन्छ । जसले जे जसरी सम्पत्ति आर्जन गर्न सक्दछ, राज्यमा उसैको बर्चश्व हुन्छ । समय कालखण्डले यस नेकपाको उच्च स्थानमा तीन जना आइपुगे । ओली प्रधानमन्त्री बन्न पुगे । संसदीय ब्यबस्थाकै सौन्दर्य अनुरूप उनले भ्रष्टाचार, कमिशन, राष्ट्रिय ढुकुटीमा लुट आदि सबैमा आफ्नो ग्रुपलाई छुट दिए । यसबाट ओली ग्रुप आलोचित पनि भयो सामर्थ्य पनि आर्जन ग(यो ।
ओलीले यही संसदीय ब्यवस्थाले तय गरेको शक्ति पृथकिकरण ब्यवस्थापिका, कार्यपालिका न्यायपालिका तीनै क्षेत्रलाई आफू अन्तरगत एकीकृत गरी फाँसीवादतर्फ उन्मुख भएको साँचो हो । हिजो आआफ्नो स्वार्थका लागि कुनै विधि नियम चाहिएन । पार्टी एकता गर्दा पार्टीका अन्य सदस्यको आबस्यकता चाहियन । ओली प्रचण्ड दुई जनाले पार्टी एकता गरे आआफ्नालाई लाभका पदहरू बाँडे झले माकुनेलााई समेत अपमान गरे । जब ओलीसंग टक्कर भयो, अब प्रचण्डलाई विधि नियम चाहियको छ । विधि नियमका कुराहरू पनि गर्ने अर्को तर्फ कोटेश्वर भैँसेपाटी खुमलटारमा षड्यन्त्रका बैठक पनि चलाउँदै गर्ने ।
यसले पनि नपुगेर माली गाउँमा काग्रेस र भारतीय प्रतिनिधि राखेर गोप्य सल्लाह गर्ने सबैको हर्कत उस्तै छ । यस्तो हुनाका पछाडी यी ब्यक्तिहरूमा ईश्वरीय शक्ति देख्ने तल्ला नेता कार्यकर्ताको पनि ठूलो कमजोरी देखिन्छ ।
जीवनपथको छनौटमा अहङ्कार, महत्वकाङ्क्षा, पदलोलुपपता जस्ता प्रबृत्तिले स्थान पाउनु हुन्न । मानव जातिको आत्मत्यागमय सेवा गर्नु नै जीवनको एक मात्र उद्देश्य मान्नु पर्छ । हामीले त्यस्तो पेसा रोज्नु पर्छ जसबाट मानवजातिको बढी सेवा गर्न सकियोस् । हामी यश पेसाको थिचाइमा परेर निराश हुन्नौ, किनभने यो आम हितका लागि गरिने त्याग हो । त्यस बेला हामीले कुनै तुच्छ सङ्कीर्ण अहङ्कारपूर्ण उल्लासको अनुभव गर्ने छैनौ । लाखौ मानिसको सुख नै हाम्रो सुख बन्नेछ ।
यो मार्क्सले बिध्यार्थी कालमा लेखेको निबन्धको एक अंश हो । मार्क्सले यही भावनामा निरन्तर लागेर मानवजातिकै मुक्तिको सिध्दान्त बैज्ञानिक समाजवाद पत्ता लगाउन सके । मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक इतिहाँसिक भौतिकवाद बर्ग सङ्घर्ष बल प्रयोगद्वारा राज्य सत्ता कब्जा गरी सर्वहाराको अधिनायकत्व स्थापना नगरसम्म मानवजातिको मुक्ति हुदैन भन्ने सिध्दान्त नमान्नेहरू कम्युनिष्ट हुनै सक्दैनन् । के डबल नेकपाले आफूलाई मार्क्सले निबन्धमा भने जस्तो आचरण गरेको छ ? के मार्क्सका सिध्दान्तलाई पालना गरेको छ ? यी कुनै पनि काम यसले गरेको छैन । यो कम्युनिष्ट पार्टी हुँदै होइन ।
मार्क्सले राजनीतिक स्वतन्त्रता भनेको वुर्जुवा क्रान्ति हो, मानवस्वतन्त्रता भनेको समाजवादी क्रान्ति हो । जसले मानवजातिलाई राजनीतिक तथा सामाजिक अत्याचारबाट मुक्त गर्दछ भनेका थिए । राजनीतिक स्वतन्त्रतालाई अङ्गाल्ने यो नेकपा कसरी कम्युनिष्ट हुन सक्छ । जसले प्रुडोनको लाइन पुँजीवादी ब्यवस्थामा निहित खराब पक्षहरू हटाउँदै यसका गतिला कुराहरूको संरक्षण गर्दै शान्तिपूर्ण तरिकाले बिस्तार( बिस्तारै यश ब्यवस्थाको रूपान्तरण गर्न सकिन्छ भन्ने सिध्दान्त लिने यो पार्टी कम्युनिष्ट पार्टी होइन। यश पार्टीले गर्ने क्रियाकलापले कम्युनिष्टहरूको बेइजत हुने कुरा हुदैन ।
प्रगतिशिल सिध्दान्त छाडि सके पछि आफुलाई कुनै अनौठो दार्शनिक नेता ठान्ने र अन्य सर्वसाधारण जनता सर्वहारा मजदुर किसानलाई मूर्ख सम्झेर अनादार गर्ने काम वाउएर बन्धुहरू देखि नै चल्दै आएको हो । महानब्यक्तिहरूले नै इतिहाँसको सिर्जना गर्दछन् भन्ने ब्यक्तिवादी आदर्शवादी दृष्टिकोण अङ्गाल्ने यिनीहरू कसरी मार्क्सवादी हुन सक्छन् । महानब्यक्ति इतिहाँसका निर्माता होइनन् वास्तविक इतिहाँसका निर्माता जनता हुन् भन्ने मार्क्सको भनाईलाई धोती लगाई दिएका छन् । सत्तरी वर्षलगाएर हजारौ हजारको बलिदानी हजारौ हजार बेपत्ता लाखौले जेलनेल हजारौ अङ्गभङ्ग लाखौ लाख जनताले दुखस्कष्ट झलेर अहिलेको गणतन्त्रात्मक ब्यवस्था आएको हो ।
ओली प्रचण्डहरूले आफ्नो बहादुरीबाट भएको ठान्नु र यसको सम्पूर्ण स्वमित्व आफ्नै ठान्नु यो भन्दा मजाग केहुन्छ । डवल नेकपामा जनता त के अन्य नेता कार्यकर्ताको पनि कुनै लेखा जोखा छैन । नेकपाको सिर्जना कर्ता ओली ,प्रचण्ड, माकुने, झले ,बामदेव जस्ता महानब्यक्ति मात्र हुन् । यिनीहरूले जे गर्दछन् त्यही ठिक हो भन्ने कसरी बन्यो ।
झापा बिद्रोहको बिरासत आएको शक्ति त्यति धेरै छैन । ओली बिद्रोहकै प्रथम चरण मै जेल परे उनी जेलमुक्त हुदा उनको पार्टीले पञ्चायतमा समेत भाग लिइसकेको थियो । माधब नेपाल, बामदेबको झापा बिद्रोहमा गोरु बचेको साइनो सम्म छैन । यिनीहरू राजनीतिक स्वतन्त्रताका नाममा समन्तवादी राजतन्त्रमा समेत पतन भएका थिए। संसदको पुनर्स्थापना पछि सामन्तवाद र दलाल पुँजीवाद दुबै यिनीहरूलाई स्वीकार्य भयो । यिनीहरूले उत्पादन गर्ने नेता कार्यकर्ता स्वत पुँजीवादी धर्राका हुनेनै भए । तै पनि यश भित्र धेरै पढे लेखेका मान्छेहरूछन् । यिनीहरूले राजनीतिक चिन्तन मनन् नगर्नु सधै ओली माकुने झले बामदेव आदिका गुटमा लागेर तिनीहरूकै पछि पछि लागि रहनु यो झन खराब र निरासाजनक कुरा हो ।
पूर्व एमालेमा स्वत गुटहरू झदै थिए त्यसमा माओवादी केन्द्र मिसिदा यो पार्टी बहुरङ्गी भयो । माओवादी केन्द्रबाट आउनेहरू एक किसिमले प्रचण्डका निजी नोकर जस्ता भएका छन् खटाय पटायको काम गर्ने दयाधर्मले दिएको खाने जस्ता छन् । मुख्य समस्य भनेको प्रचण्डको हो । प्रचण्ड साच्चै बिचित्रका मानिस हुन् । उनी एकै पटकमा केन्द्रीय समितिमा पुगेका मानिस हुन् । उनको बिशेषता भनेको एकका बिरूध्द अर्कोलाई उपयोग गरेर फाइदा लिनु हो । यिनी मार्क्सवादी भन्दा पनि चाणक्यवादी हुन् भन्दा फरक पर्दैन ।यिनको प्रबृति नै उपयोगवादी रहदै आएको छ ।सर्वप्रथम मोहन बैध्यलाई उपयोग गरेर मोहन बिक्रमलाई थला पारे ।
मोहन बैध्यलाई आतङ्कित गरेर नेतृत्व हत्ताय पछि यिनी सदावहर नेतृत्व मै छन् । यिनी महत्वाकाङ्क्षि ब्यक्ति हुन् । माओवादी जनयुध्दलाई प्रथम चरणमा यिनले साँच्चै इमानदारी साथ अघि बढाएका पनि हुन् । सम्पूर्ण परिवार पार्टीकरण गर्ने ब्यक्ति साहेद माओवादीमा यिनै मात्र हुन् भन्न सकिन्छ । हजारौको बलिदानले माओवादी शक्ति जब संसदीय फाँटमा अवतरण गरेमा आफ्नो स्थान संसदीय फाँटमा पनि उच्च स्थानमा सुरक्षित हुने देखे यिनले पार्टीलाई बिस्तार बिस्तारै संविधान सभाको चुनाव, एक्काइसौ सताव्दिको जनवाद भन्दै संसदीय बाटोमा लाने काम गरे । संसदीय फाँटमा अबतरणका लागि राजा काग्रेस एमाले राप्रपा भारत सबैलाई उपयोग गर्न खोजे ।
राजा बाहेक अन्य सबैले उल्टो यिनैलाई उपयोग गरे । एक किसिमले संविधान सभाको पहिलो चुनावमा उनको महत्वाकाङ्क्षा साकार पनि भयो । माओवादी भित्रका क्रान्तिकारीहरूले प्रतिक्रान्ति सुरूमा देख्न सकेनन् जब देखे समय धेरै ढिला भैसकेको थियो । जब क्रान्तिकारी पक्ष प्रचण्डबाट अलग भए यिनी एकै पटकमा हात्तीबाट मुसामा परिणत भए। जसरी पनि शिर्ष स्थानमा रहन चाहने यिनको महत्वाकाङ्क्षाले गर्दा काग्रेससंग पनि चुनावी तालमेल गर्न पुगे । यसबाट पनि पार नलाए पछि यिनले आफ्नोपार्टीलाई एमालेमा बिलय गराएर भए पनि अझै शिर्ष स्थान मै छन् ।
माओवादीको क्रान्तिकारी पक्षले राजनीतिक आलोचना गर्ने हुन् तुच्क्ष ब्यक्तिगत यति खायो उति खायो यस्तो बदमासि ग(यो भनेर चरित्र हत्या गर्नुमा कुनै राजनीति देख्दैनन् । समग्रमा प्रचण्ड दलालपुँजीवादमा पतन भयो यसै ब्यवस्थाको चरित्र अनुसार उसको चरित्र पनि निर्माण भयो भन्ने छ । तर दलालपुँजीवादी पार्टी भित्र आलोचना आत्मआलोचना भन्ने हुदैन । एमाले फुटेर माले बन्दा घनस्याम भूसालहरूले लेखेको एमालेका एकाउन्न गत्ति भन्ने किताप पढ्नुहोस् दलालपुँजीपतिहरू कति तल्लो स्तरमा गिर्दा रहेछन् थाहा हुन्छ । अहिले प्रचण्डले उपयोगको नीति अङ्गालेर डवल नेकपामा शिर्ष नेतृत्वमा पुग्न खोज्नु अहिले सम्म रहेको एक बित्ताको लगौँटी पनि फुस्क्याउनु हो ।
आवश्यक महसुस गरे भने ओलीले धेरैलाई जेल पु९याउन सक्छन् । उनलाई लोकतन्त्रप्रति त्यति मोह छैन । आफू हट्नैपरे संसद विघटनसमेत नगर्लान् भन्न सकिन्न ।
ज्ञान सिध्दान्त अनुसार अभौतिकवादीहरूको ज्ञान स्थिर हुन्छ उनीहरूको ज्ञान सापेक्ष हुन्छ । अनिहरूले आफ्नो कुरा प्रमाणित गर्न अकाट्य तर्क प्रयोग गर्दछन् । वादे(वादे जायते तत्वबोध अर्थाद वाद विवाद गर्दै तत्वबोध गर्ने कुरा मान्दैनन् । परस्पर बिरोधि मतको वीच सङ्घर्ष पछि सत्यमा पुग्नु हो । तर नेपाल कम्युनिष्ट पार्टी नेकपामा परस्पर बिरोधि मत छैनन्।
ओलीले अग्रगामि राजनीतिक बिचार राख्नेहरूलाई जेल हालेर राजनीतिक अपराध गरेका छन् । कालापानि लिम्पियाधुरा लिलुलेक आदि भारतलाई छाडी राष्ट्र घात गरेका छन् । एमसीसी जस्तो राष्ट्रघाति प्रस्ताव पास गराउन लागि परिरहेका छन् । भ्रष्टाचार कमिशनखोरी कालो बजारी सस्थागत भएकाछन् । भात खान अब कुनै मानिसले काम गरि रहन पर्दैन सरकारले घर घरै पु(याइ दिन्छ भनी धनि हुनलाई काम गर्नुहोस् भन्ने भाषण दिन्छन् । हाल बिश्वमै बिकराल रूपमा फैलियको कोरोना भाइरसले गर्दा देश लकडाउनमा छ । दैनिक ज्याला मज्दुरी गरी खाने जनता भोक भोकै छन् ।
कोरोना रोकथामका लागि खरिद गरिएका सामानमा समेत मन्त्रीले नै भ्रष्टाचार गर्छन् । प्रधान मन्त्रीले उसैको पक्षमा भाषण दिन्छन् । गर्दा गर्दै संसद पूर्वप्रहरी प्रमुख समेतको सहभागितामा अर्को दलको संसद समेत अपहरण गर्ने गुण्डागर्दीलाई संरक्षण दिन्छन् । यस्तो प्रधान मन्त्रीलाई हटाउन आवस्यक छ । यदि नेपाल कम्युनिष्ट पार्टी नेकपा साँच्चै कम्युनिष्ट पार्टी भएको भए राष्ट्रियताका समस्य कसरी हल गर्ने जनजीवीका समस्यहरू कसरी हल गर्ने ओलीले फाँसीवाद तर्फ लगेको जनतन्त्रलाई कसरी फर्काउने भन्ने स्पष्ट राजनीतिक प्रतिबेदन हुन्थ्यो । वाद विवाद र संवाद सङ्घर्ष एकता रूपान्तरणका हिसाबले परिस्थितिमा अदल बदल हुन सक्थ्यो । नेकपामा भएको सङ्घर्ष भनेको प्रधान मन्त्रीमा को जाने र कस्ले आफ्नो गुट बलियो बनाउने भन्ने हो ।
सिध्दान्तका आधारमा नभएर आ(आफ्नो फाइदाका लागि बन्ने समिकरणहरू पल पल बन्ने र भत्कने हुन्छन् । ओली महाराज हुन् उनले जसलाई जे दिन मन लाग्छ दिन सक्छन् । हिजो उनले संसद सदस्य नै नभएका बामदेवलाई उधारो प्रधान मन्त्री दिए माधब नेपाललाई पार्टी अध्यक्ष दिए बैठक सकियो । ओलीले प्रचण्ड माधब नेपाल लगायत धेरैका घाँटीमा अदालत र अक्तियारको फन्दा हालेर राखेका छन् । साहेद अदालत अक्तियारमा कुनै मुद्दा नभएकका नेतामा ओली मात्र पर्छन् होला । समस्य ब्यक्तिमा मात्र होइन ब्यवस्था मै छ । जबसम्म यो दलालपुँजीवादी ब्यवस्था रहन्छ तवसम्म जनताका समस्याहरू समाधान हुदैनन् । अहिले डवल नेकपामा भएको समस्यहरू दलालपुँजीवाद भित्रका समस्याहरू हुन् कम्युनिष्ट भित्रका समस्याहरू होइनन् । यी समस्याहरू यो ब्यवस्था रहेसम्म रही रहन्छन् ।
आवस्यक महसुश गरे भने ओलीले धेरैलाई जेल पु(याउन सक्छन् । उनलाई लोकतन्त्र प्रति त्येति मोह छैन । आफू हट्नैपरे संसद बिगठन समेत नगर्लान् भन्न सकिन्न । कुनै बिदेशी अदृस्य शक्तिले बल गरेछ भने भन्न सकिदैन नत्र ओलीलाई यिनीहरूले हटाउ सक्दैनन् । हरुवा जुवाडेले अन्तिममा आफैलाई हराउने जुवाडेसंग जितौरी मागे जस्तै केही झिना मसिना पद माग्न सक्छन् । यिनीहरूको यो कलाबिहिन नाटक यत्तिकैमा सकिने सम्भावना धेरै छ ।









