केपी ओलीको विकल्प केपी ओली नै हुन्

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै कमिटीहरु तदर्थ वा सङ्गठन कमिटीहरु हुन् । आफूहरूले स्वैच्छिक निर्णय गर्नेबाहेक अध्यक्षात्मक प्रणाली र महाधिवेशनले प्रत्यक्ष निर्वाचित गरेका अध्यक्षका बारेमा महाधिवेशनबाहेक अरु कुनै पनि निकायले फैसला गर्न सक्दैन । दुईटै अध्यक्षले सङ्गसङ्गै हस्ताक्षर गरेकाबाहेक अरु कुरा आधिकारिक हुन सक्दैन । पार्टीको अन्तरिम बिधानमा यही कुरा उल्लेख छ।

जुङ्घाको लडाइँको निम्ति आफ्ना निहित स्वार्थ पूर्ति गर्न देशीविदेशी प्रतिक्रियावादीको ईशारामा मुलुकलाई अस्थिरताको आहालमा पार्न खोजिएको छ। आफूलाई सबै हामी नै हौं भन्ने ठान्ने यी पूर्व प्रधानमन्त्रीहरु र रिस, डाहा, ईर्ष्या र व्यापक कुण्ठाका कारण यी बरीष्ठहरुलाई सकेसम्म उपयोगको उल्टो प्रयोग गरेर रोम जलिरहेको बेला इटालीका राजाले बासुरी बजाएर आनन्द लिएझैं आफूलाई निकै बिद्वान र हामी नै हौं माधव नेपाल, प्रचण्ड भन्ने दोश्रो तहका नेताहरू सिङ्गै देश र जनसमुदायलाई निराशा र बितृष्णा हुनेगरी बुरुक्बुरुक उफ्रदै छन् ।

उहाँहरुलाई ठूलो न्युटन बलको प्रेसर दिइरहनुभएको छ । यही बीचमै आफ्ना कुत्सित महत्वाकांक्षा त्यही पनि पूरा भैहाल्छ्न कि भनेर, मनको लड्डु घ्यूसित खादै हुनुहुन्छ कमरेडहरु। त्यो उद्देश्य पूरा भैहाल्छ कि भनी कोटेश्वर ,खुमलटार र माली गाउँ धाइरहनुभएकै छ । माली गाउँमा जान उक्साइरहिएकै छ, अरु शक्ति केन्द्रहरु धाउन उचालिएकै छ। स्थिरता र सुशासनका लागि एकल सरकारको संयुक्त घोषणा पत्र ,जनसमुदायसित गरेको प्रतिबद्धतालाई च्याखे थपाउन खोजिएको छ ।

बद्ला र प्रतिशोधको भावनाले ग्रस्त कमरेडहरुका हर्कतहरु अप्रासंगिक, अप्राकृतिक र असहिष्णु र करीब असम्भव प्रायः छन् । जहाँ आफ्नो अगाडि बिग्रेको ऎना राखिएको छ र आफ्ना कालहरुमा भएका हिजोको सबै असफलता र अकर्मण्यतालाई बिर्सिएको छ। हूदोखादो पार्टीलाई ३३ सिटमा झरेको तीतो वास्तविकता अनि प्रत्यक्ष निर्वाचनमा बहुमत र समानुपातिक सिट सङ्ख्या जोड्दा करीब बहुमतको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले धान्न र ततेर्न नसकेको शासनको तीतो यथार्थतालाई आत्मसात नगरी जसको कुशल र प्रभाव प्रभावशाली नेतृत्व, चट्टानी अडान र भूमिकाको प्रमुख कारण कम्युनिस्ट पार्टीले यो असाधारण सफलता प्राप्त गरेको कुरालाई नजरअन्दाज गरिएको छ ।

बद्ला र प्रतिशोधको भावनाले ग्रस्त कमरेडहरुका हर्कतहरु अप्रासंगिक, अप्राकृतिक र असहिष्णु र करीब असम्भव प्रायः छन् ।

वा इतिहास उल्टो पार्न सकिन्छ कि भनेर बिधि, पद्धति भन्ने शब्दहरूको मात्र रटान गरेर जनसमुदाय र आम कार्यकर्तालाई गुमराहमा राख्न वा पार्न खोजिएको छ । टोल, वडा र पालिका एवं पार्टी सदस्यहरुको वहाँहरुले अनुमान नै गर्न नसक्ने अत्यन्तै ठूलो हिस्सा र नेपाली जनताको ठूलो भाग स्थायी सरकार र कमरेड केपी ओलीको पक्षमा दृढतापूर्वक सडकमा जुलुस नै निकाल्न आतुर छ भन्ने जीवीत यथार्थतालाई नजरअन्दाज र कमजोर आङ्कलन गर्न खोज्ने दुस्साहस गरिएको छ । किन कि, अध्यक्षात्मक प्रणाली बोकिएको महाधिवेशनबाट महाधिवेशनका बहुमत प्रतिनिधिबाट प्रत्यक्ष निर्बाचित अध्यक्षलाई कुनै बिधि र सङ्गठनात्मक पद्धतिले हटाउन मिल्दैन। यो सामान्य ज्ञान नेताहरूमै नहुनू ठूलै बिडम्बना र आठौं आश्चर्यको कुरा हो।

जीवीत कुरा संसदीय दलमात्र हो । अभिमत, जनसमुदाय र सिङ्गै राष्ट्रमाथि कुठाराघात गर्ने हो, मित्रमाथि बदमासी, कत्लेआम र तेजोबध गर्ने हो भने तपाईं बरीष्ठ नेता र पूर्व प्रधानमन्त्रीहरु संसदीय दलमा बहुमत देखाउनुस् । फेश गर्नुस्न, कि नाङ्गलो ठटाएर बुहारी तर्साउने काम बन्द गर्नुस् । र, यो सरकारलाई पूरै ५ बर्ष चल्न पाउने जनताको अभिमतमाथि धावा नबोल्नुस् ।

५ बर्ष छि को प्रधानमन्त्री, मन्त्री हुने हो वा पार्टी अध्यक्ष ,महासचिव हुने हो क्रमशः जनता र पार्टी महाधिवेशनबाट अनुमोदित भएर आउनुहोस् । धमिलो पानीमा माछा मार्ने ,अमित्रवत व्यहार भर्खरै बन्द गर्नुस् । यस कारण प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य सङ्कटको वर्तमान अवस्थामा भयङ्कर अप्रासंगिक बिषय हो। संसदको बजेट अधिबेशनको सन्निकट रहेको बेला आगामी बजेट मार्फत जनसमुदाय र मुलुकको हितमा कार्यक्रमहरु ल्याएर सरकार र पार्टीलाई सफल बनाउनुको उल्टो सरकार बदल्ने खेल खेल्नु स्थिरता बिरोधी र राष्ट्र बिरोधी कुरा हो। त्यतिमात्र हैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केबल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भएर हामीले बोकेको समग्र राजनीतिक प्रणालीप्रति नै निराशा र बितृष्णा बढाउछ।

वर्तमान सङ्कटमा केपी ओलीको विकल्प कोही हुनै नसक्ने कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । अहिले केपी ओलीको विकल्प केपी ओली मात्र हुन् । इतिहासकै थुप्रै सच्चाइहरुले यही साचो कुरा पुष्टि गरेका छन् । कमरेडहरु आफ्नो उचाइ बढाउन प्रतिस्पर्धा गर्नुस् ,अबलता हासिल गर्नुस् । मित्रको खुट्टा काटेर आफ्नो उचाइ बढाउन सकिन्न । यो त तपाईंका ब्यवहार र कामहरू पार्टी सदस्य ,नेताकार्यकर्ता र जनताबाट अनुमोदित हुनु पर्दछ। यसकारण तपाईंहरुले सरकार बदल्न खोज्नु खेदजनक छ। हाम्रो पार्टीभित्रको बिबाद पार्टीभित्र मात्र नरहेर यसको प्रभावले समग्र राजनीति नै असामान्य भैरहेको छ, सामाजिक स्थायित्वमा प्रतिकुल असर परेको छ।

कमरेडहरु आफ्नो उचाइ बढाउन प्रतिस्पर्धा गर्नुस् ,अबलता हासिल गर्नुस् । मित्रको खुट्टा काटेर आफ्नो उचाइ बढाउन सकिन्न ।

संविधान निर्माणमा निकै ठूलो पहलकदमी र नेतृत्व, भारतीय नाकाबन्दीको डटेर बिरोध र सामना ,जातीय राज्यसहितको १३ वटा राज्यको अबधारणाको अन्त्यमा सबैभन्दा उच्च स्तरको नेतृत्व ,भारतीय हेपाहा प्रवृत्तिको अन्त्य स्थानीय तहको निर्वाचनमा आफूले नेतृत्व गरेको कम्युनिस्ट पार्टीलाई करीब ६० प्रतिशतभन्दा बढी स्थानमा बिजयी बनाएर सुखी नेपाली र समृद्द नेपालको एजेण्डालाई निर्बिकल्प स्थापित गर्न सक्ने स्वप्नद्रष्टा क केपी ओली नै हो भन्ने कुरा कहींकतैबाट छिपाउन खोज्नु गलत नजिर स्थापित गर्न खोज्नु हो।

धर्म प्रचार गर्न खोज्ने बेलायती राजदूत फिर्ता, लगानी मैत्री वातावरण तयार गर्दै उग्रवामपन्थी अतिबादमाथि बिजय हासिल गर्दै बामपंथीहरुको एकीकरणका एक जना नायक क।केपी ओली नै हुन् । एनसेल कर असुलीदेखि बालुवाटार लगायतका सरकारी जमिनहरु घोटालाको चिरफार, दुई नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्यको तीव्रताको कार्य ,चिनियाँ महामहिम राष्ट्रपतिको नेपाल भ्रमण ,अन्तरदेशीय पेट्रोल पाईपलाइनको निर्माण ,लोडसेडिङ्गको झन्झटिलोबाट मुक्ति ,तूईन युगको अन्त्य ,काठमाडौ (निजगढ द्रूत राजमार्ग निर्माणमा भारतीय ठेक्का खारेज,कोरोना महामारी अगाडि आर्थिक बृद्दिदर ६।८५ ले वृद्धि ,कोरोना प्रकोप अगाडिको दोश्रो चौमासिकमा २१ अरबले ब्यापार घाटामा कमी बनाउने असाधारण कामको नेतृत्व र युगान्तकारी परिवर्तन क।केपी ओलीको नेतृत्वका कारण मात्र सफल भएको हो ।

हो, त्यही हो भन्न,राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न ,औषधिलाई औषधि र बिषलाई बिष ,ठीकलाई ठीक र बेठिकलाई बेठिक भन्न सक्ने बिबेक गुमाउनेहरुलाई के भन्नेरुचिन्तनले दरिद्रहरुको यो दुनियाँमा कहीं उपचार छैन।

भिमसेन थापा जसरी जेलमा झ्यालमा भएकै शिसाले रेटिएर आत्महत्या गर्नुपर्यो ठ्याक्कै त्यस्तै खालको अबान्छित र असम्भव आक्रमण क।केपी ओलीमाथि भैरहेको छ।

एकजना कुशल शासक,देशभक्त छोरा केपी ओलीमाथिको आफ्नै भनिनेहरुबाट भएको चौतर्फी आक्रमण र घेराबन्दी महाभारतको युद्दमा चक्रब्यूह तोडेर बाहिर निस्कन खोज्दा जसरी अभिमन्यूलाई आफ्नै भनिने ६ जना महारथिहरुले घेरेर मारेका थिए, त्यस्तै प्रकारको छ।नेपालको इतिहासमा सबैभन्दा बढी शासन सत्ता चलाउने राष्ट्रबादी प्रधानमन्त्री भिमसेन थापा जसरी जेलमा झ्यालमा भएकै शिसाले रेटिएर आत्महत्या गर्नुपर्यो ठ्याक्कै त्यस्तै खालको अबान्छित र असम्भव आक्रमण क।केपी ओलीमाथि भैरहेको छ।

यी दिनहरुमा मात्रै हैन,सरकार बन्दैका दिनदेखि क।केपी ओलीमाथि घेराबन्दी हुने कुरा अचम्म र देशद्रोही छ,थुप्रै षड्यन्त्रको सामना गर्नै परेको थियो।यतिसम्म नकारात्मक मनोबैज्ञान सृजना गर्न खोजियो कि,जसले सरकारले गरेका दर्जनौं राम्रा कामको प्रचारप्रसार गर्छ भनेर हाम्रा कार्यकर्ताहरुलाई चुप लगाउन दास, अरिङ्गाल, झोले जस्ता शब्दहरु प्रयोग गरेर लखेट्ने दुस्साहस गरियो। कम्युनिस्ट आन्दोलन कमजोर बनाउन सरकार माथि प्रहार गर्न पर्ने हुन्थ्यो ,त्यसैले त्यही गरियो। यसरी आज आफैं भित्र जे खेल जसरी खेलिएको छ,यो अत्यन्तै आत्मघाती छ,क्षणिक रमाइलो होला ,बद्ला लिएला अन्ततोगत्वा हामी उठ्नै नसक्ने गरी पछारिने छौं ,लड्नेछौ र महाभारतमा ६ जना महारथिहरुले अभिमन्यूलाई गरेको जस्तो ब्यवहार त होला तर हामी कसैले जित्ने छैनौं ।

यसकारण केही कमीकमजोरी छन् भने समीक्षा गर्न सकिन्छ,सच्याउन पनि सकिन्छ तर जनमतले बनाएको सरकार ढालेर अर्को सरकार बन्यो भने के त्यो सरकार सफल होला रुप्रतिशोधको राजनीति गर्दै जादा के परिणाम आउला क।प्रचण्ड ,माधव नेपालले अनुमान र कल्पना गर्नुभएको छरुयो गलत कार्यमा उक्साउने दोश्रो, तेस्रो तहका नेता कमरेडहरुले बुझ्नुभएकोछरु कस्तो परिणाम आउला एकपटक सोचौं ।यसर्थ देशभरिका कार्यकर्ता कमरेडहरु आउनुहोस् ,सरकार ढाल्ने अस्वस्थ खेल सफल हुन नदिन दबाब सृजना गरौं ।