कोरोनाका कारण भएको बन्दाबन्दीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन (पिन) तनहुँले खुला रक्तदान कार्यक्रम गरेको छ।
कार्यक्रममा ३० युनिट रगत सङ्कलन भएको इन्जिनियर अनिषकुमार ढकालले जानकारी दिए । रक्तदान रेडक्रस सोसाइटी दमौलीको प्राबिधिक सहयोगमा भएको थियो।
कार्यक्रममा नेकपा तनहुँ सचिवालय सदस्य रामचन्द्र उपाध्यायले बिपत्तिको बेलामा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै नियमित जस्तो रक्तदान हुनु आवश्यक रहेको उल्लेख गरे ।
पिन गण्डकी प्रदेश सदस्य कृष्ण भण्डारीले कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि रक्तदानलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।




