Author Archive

कास्कीमा यी हुन् एमालेका उम्मेदवार

एमालेले कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । कास्कीका प्रतिनिधिसभा क्षेत्र नं. १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागीले टिकट पाएका छन् । गुरुङ एमाले कास्की अध्यक्ष हुन् । भट्टराई सोही क्षेत्रकी निवर्तमान संसाद हुन् । एमाले संगठन विभाग प्रमुखसमेत नेता खगराज अधिकारी प्रदेशसभामा आएका छन् । गत निर्वाचनमा कास्की १ बाट चुनिएका अधिकारी अहिले १ कबाट उम्मेदवार बनेका छन् ।… पुरा पढौ

घनश्यामको क्षेत्रमा एमालेले राप्रपालाई सघाउने

एमालेले रुपन्देही ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई टिकट नदिएर राप्रपाका नेता दीपक बोहोरालाई सघाउने भएको छ । शुक्रबार एमाले र राप्रपाबीच चुनावी तालमेलबारे भएको छलफलमा रुपन्देही ३ मा राप्रपाका बोहोरालाई सघाउने करिब सहमति भएको छ । राप्रपाले १० निर्वाचन क्षेत्र मागेको छ भने एमालेले सात क्षेत्र मात्र दिन चाहेपछि सहमति हुन सकेको छैन । तर, ८० प्रतिशतभन्दा धेरै सहमति भइसकेको वार्तामा बसेका राप्रपाका नेताहरूले बताएका छन् । भुसाल… पुरा पढौ

भीम रावलले पाएनन् टिकट

एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए। सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम १ बाट बोहोरा र अछाम २ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको छ । रावल २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका थिए । पुरा पढौ

सन्दीप लामिछाने पक्राउ, परीक्षणका लागि अस्पताल लगियो

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । नाबालिग बलात्कारको आरोपमा उनलाई आज प्रहरीले पक्राउ गरेको हो । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आफू बिहान १० बजे त्रिभुवन विमानस्थलमा… पुरा पढौ

घाँटीमा मासु अड्किएर मृत्यु

मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा १ जनाको मृत्यु भएको छ । राँगाको मासु क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको हो । सोमबार मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो । मृतकको शव पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ । पुरा पढौ

कविता: दिन नसकेको शुभकामना !

बाबु-बाजेले दिने आशीर्वादभन्दा धेरै अघि बढेरफेसबुक, अमेजन, गुगल र एप्पलहरूले भरिदिएकोभारी मस्तिष्क प्रयोग गर्दैबर्षाैंदेखि दिंदै आएँअनेकाैं चाडबाड र पर्बहरूमासुख र समृद्धिका अनेकाैं शुभकामना !तर, कुनै काम गरेन मेरो निरीह शुभकामनालेकुनै शुभ गरेन मेरो उदात्त कामनाले !काम गर्थ्यो भने सानो अंश मात्रै यसलेरहने थिएन यहाँ अभाव र गरिबीखडा हुने थिएन विभेदको पर्खालरहने थिएन अन्यायको अनन्त शृङ्खला !विश्वमै धेरै चाडपर्वहरू भएको यो देशविश्वमै धेरै शुभकामना पाउने यी नेपालीबन्ने थिएनन् विश्वमै दु:खी, पीडित… पुरा पढौ

बेपत्ता वडा सदस्य मृत फेला

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर दुईकी सदस्य ४० वर्षीया छत्रकुमारी राउत (मञ्जु) बेपत्ता भएको ३८ दिनपछि मृत भेटिएकी छन् । बेलका नगरपालिका–८, स्थित माछापुच्छ्रे सामुदायिक वनमा झुण्डिएको अवस्थामा उनको कङ्काल फेला परेको हो । आइतबार शव सडेको अवस्था कंकाल भेटिएको प्रहरीले जनाएको छ । आफन्तले उनको पहिचान गरेका छन् । बेलका नगरपालिका ९ रामपुर उनको माइती गाउँ हो । उनी पासो लागेको रुखमुनि उनले बोक्ने ब्याग, लगाउने चप्पल, सलसमेत भेटिएको… पुरा पढौ

बाबुराम चुनाव नलड्ने, गोरखाबाट उठ्न प्रचण्डलाई आग्रह

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन्। उनले सोमबार गोरखाका मतदातालाई सामाजिक सञ्जालमा सम्बोधन गर्दै आफू आगामी मंसिरमा हुने चुनावमा नउठ्ने जानकारी गराएका हुन्। उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । ‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,… पुरा पढौ

समानुपातिकबाट हटे महरा, हितराज पाण्डेको नाम १ नम्बरमा

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महाको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् । यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको हो । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा… पुरा पढौ

हुम्लाका पुराना माओवादी नेता लामा एमालेमा

हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेका लामालाई बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बागी उठेर सांसदले चुनाव जितेका थिए । पछि उनी तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं