एमालेले कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ ।
कास्कीका प्रतिनिधिसभा क्षेत्र नं. १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागीले टिकट पाएका छन् । गुरुङ एमाले कास्की अध्यक्ष हुन् । भट्टराई सोही क्षेत्रकी निवर्तमान संसाद हुन् ।
एमाले संगठन विभाग प्रमुखसमेत नेता खगराज अधिकारी प्रदेशसभामा आएका छन् । गत निर्वाचनमा कास्की १ बाट चुनिएका अधिकारी अहिले १ कबाट उम्मेदवार बनेका छन् ।
१ खमा एमालेले वेदबहादुर गुरुङ श्यामलाई टिकट दिएको छ । श्याम मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।
कास्की २ कमा भीम कार्की उम्मेदवार बनेका छन् भने २ खमा मीना गुरुङले टिकट पाएका छन् । कार्की एमाले केन्द्रीय सदस्य हुन् भने गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् ।
कास्की ३ कमा एमालेले गणेशमान गुरुङ र ३ खमा राजीव गुरुङलाई टिकट दिएको छ ।




