Author Archive

मैले टेकेको धरती लोकार्पण

समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालद्वारा लिखित आत्मकथा " मैले टेकेको धरती " लोकार्पण भएको छ ।नवप्रभात मा वि नयाँबजार पोखरामा भएको विशेष कार्यक्रममा वरिष्ठ शिक्षा विद जर्ज जोनले उक्त पुस्तक सार्वजनिक गरे । पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह " बाबा"ले गरे ।लामो समय शिक्षण पेसामा आवद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गरेका बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको शाहले… पुरा पढौ

पुम्दीभुम्दी सहकारीको चौथो साधारणसभा

पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पुम्दीकोटसँगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थल प्रबद्र्धन हुने बताए । उनले कृषि उत्पादनको हिसाबले उर्बर पुम्दीभुम्दीमा जमिन बाँझो नराख्न आग्रह गरे । उनले सहकारीहरुलाई वस्तु उत्पादन गर्नेतर्फ केन्द्रित हुन सुझाव दिए । मन्त्री बरालले पुम्दीकोटसँगै, निगालेडाँडा, थाप्लेडाँडा, पञ्चासे लगायतका क्षेत्रमा पर्यटक जाँदा उनीहरुलाई बेच्ने स्थानीय उत्पादन… पुरा पढौ

टुँडिखेलबाट सुरु हुन लाग्यो दसैंको रौनक

पोखरामा दसैं मेलाको चर्चा हुँदा टुँडिखेलको मेला हम्मेसी छुट्दैन । च्यांग्रादेखि घरेलु सामग्री, लत्ताकपडा, खाद्यान्न किन्न स्वतःस्फूत हजारौं मान्छे टुँडिखेल पुग्थे । पछिल्ला केही वर्षदेखि यो मेलाको रौनक हराउन थालेको छ । सामान किन्न मलहरु खुले, च्यांग्राहरु हेमजा फेदीदेखि टुँडिखेलसम्म सडककै छेउछाउ राख्न थालिए । टुँडिखेल मैदानको स्वामित्व रहेको राष्ट्रिय माविले मेला आयोजना गरी ऐतिहासिकता जोगाउने प्रयत्न गरेको छ । यसअघि त्यहाँ मैदान टेन्डर दिएर मेला व्यवस्थापन हुने गरेको थियो… पुरा पढौ

इच्छाकामनामा बिश्व रेविज दिवस

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ त्रिबेणी बराह माबि मुग्लिनमा स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम भएको छ । विश्व रेबिज दिवस २०२२ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन इच्छाकामना गाउँपालिका पशु सेवा शाखा, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेस, हेफर इन्टरनेसनल नेपाल र दियालो परिवार नारायणघाटको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका डा राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पारे ।… पुरा पढौ

नुपुर भट्टाचार्य र पुरुषोत्तम न्यौपानेलाई पुरस्कार

संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिक नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस वर्षको पुरस्कारका लागि ५ दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील बालगीत, भजन, लोकगीत साथै सगुम संगीतको क्षेत्रमा योगदान दिएकी सुप्रसिद्ध गायिका नुपुर भट्टचार्यलाई सिफारिस गरेको हो । पुरस्कारको राशी नगद ५० हजार र… पुरा पढौ

एकै जिल्लाका उम्मेद्वारले २० करोड जरिवाना तिर्नुपर्ने

तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब २० करोड जरिवाना असुल हुने भएको छ। निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन्। बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश… पुरा पढौ

जनमोर्चाले गरेन सत्ता गठबन्धनको विज्ञप्तिमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । नागरिकतासम्बन्धी विधेयक निर्धारित १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको ठहर छ । राष्ट्रिय जनमोर्चाले भने विज्ञप्तिमा हस्ताक्षर गरेको छ्रैन । यस्तै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य(मान्यतामा गम्भीर प्रहार भएको ठहर पनि उनीहरुको छ । जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा… पुरा पढौ

राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको सत्ता गठबन्धनको निष्कर्ष

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ । यो कदमले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको गठबन्धनको ठहर छ । बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक… पुरा पढौ

‘अनुहारभित्रको अनुहार’को सौन्दर्य

आमुख :अहिलेको समयमा असमेली नेपाली साहित्य जगतमा आफ्नो पहिलो काव्यकृति 'अनुहारभित्रको अनुहार' लिएर देखापरेकी छन् जामुगुडी कुसुमतोला निवासी युवा कवि पूजा आचार्य। प्रखर मानवतावादी स्वर, नारीसमस्याप्रति गम्भीर चिन्तन, नारीमुक्तिको तीब्र चाहना तथा समाज परिवर्तनको कामना लछ्याप्रै पाइने 'अनुहारभित्रको अनुहार' सङ्कलका कविताहरू पढेर मेरा मनमा उब्जिएका प्रतिक्रियाहरू सार्वजनिक गर्न चाहन्छु । उनका कविताहरूमद्धे मुख्यरूपमा नारीसमस्याकेन्द्रीत र केही मानवतावादी कविताभित्र नै मेरो चर्चा केन्द्रीत रहने छ। पूजाका कविताका विशेषता :पूजाको यस कृतिका… पुरा पढौ

आदिमूल काव्योत्सव र यसको सौन्दर्य

नेपालका अधिकांश भूभागहरु प्राकृतिक सौन्दर्यका दृष्टिले उत्तिकै मनोहर र रमणीय लाग्दछन् भने कतिपय ठाउँहरु त अझ विशेष लाग्दछन् । सदरमुकाम, मुख्य बजार र बाटोको छेउछाउका रमणीय स्थलहरुमा धेरैको दृष्टि पुग्ने गरे पनि त्यस बाहेकका अन्य ठाउँहरुमा भने कमैको दृष्टि पुग्ने हुँदा चर्चामा आउन सकेका हुँदैनन् । हुन त सौन्दर्य भन्ने कुरा सधैं सापेक्ष नै हुने गर्छ । कुनै भोक, रोग वा मानसिक पीडाले ग्रस्त व्यक्तिका लागि प्राकृतिक सौन्दर्यले कुनै आकर्षण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं