इच्छाकामनामा बिश्व रेविज दिवस

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ त्रिबेणी बराह माबि मुग्लिनमा स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम भएको छ । विश्व रेबिज दिवस २०२२ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन इच्छाकामना गाउँपालिका पशु सेवा शाखा, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेस, हेफर इन्टरनेसनल नेपाल र दियालो परिवार नारायणघाटको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका डा राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पारे । सम्बन्धित सबै सरोकारवाला पक्षको समन्वयात्मक सहकार्यद्वारा मात्र मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्य संरक्षण तथा प्रबर्धन गर्न सकिने कुरा प्रस्ट पारे । पशुपन्छी स्वस्थ रहेमात्र मानिस तथा वातावरण स्वस्थ हुने भएकाले मानिस तथा पशुपन्छीका चिकित्साकर्मीले संयुक्त रुपमा एक स्वास्थ्यको मार्गदर्शन अनुरुप कार्य गरे मानिस, पशुपन्छी तथा वातावरण स्वास्थ्य राख्न सकिने कुरा पुष्टि भइसकेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रति जैविक प्रतिविरोध, जुनोटिक रोग, साथै रेबिज रोगको बारेमा बिषय शिक्षक तथा कक्षा १० मा अध्यनरत वियार्थीलाई अभिमुखीकरण गरिएको थियो । उक्त कार्यक्रम इच्छाकामना गाउपालिका वार्ड न ५ का वड़ा सदस्य ताराबहादुर गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी बराह माविका प्रधानाध्यापक युवराज लामा, शिक्षक, इच्छाकामना गाउँपलिका पशु सेवा शाखा प्रमुख रञ्जित विक, डा दुर्गा ढुंगाना, मुग्लिन स्वास्थ्य चौकीका प्रमुख गोविन्दप्रसाद शर्मा, दियालो परिवारबाट बद्रि शर्मा र रेशम चेपाङ, इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रनानि उद्दव सिङ उपस्थित थिए ।

साथै, इच्छाकामना गाउपलिका वार्ड न ५ मुग्लिन बजारका ६० घरपालुवा तथा छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको थियो भने रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सप्ताहव्यापी रुपमा इच्छाकामना गाउपालिकाबाट सञ्चालन गरिने भएको छ ।