Author Archive

घाँस खेती गर्ने किसानलाई अनुदान

पोखरा महानगरपालिकाले सघन घाँस विकास कार्यक्रमको अनुदान वितरण गरेको छ । पोखरा महानगरभित्र सघन घाँस खेती गर्ने ९३ किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ वितरण गरिएको हो । पोखरा महानगर पशु सेवा शाखाद्वारा आयोजित कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण आरम्भ गरिन् । पोखरा महानगरमा आर्थिक वर्ष २०७८÷७९ मा ४ सय ८९ रोपनीमा सघन घाँस लगाइएको र ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस… पुरा पढौ

स्वतन्त्र पार्टी आँधीखोलामा भेषराज

राष्ट्रिय स्वतन्त्र पार्टी आँधीखोला गाउँपालिका स्याङ्जाको सभापतिमा भेषराज पौडेल चयन भएका छन् । शनिबार आयोजित भेलाले पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चुनेको हो । भेलाले गाउँपालिकाका वडाहरुको समेत नेतृत्व छानेको छ । देशले सोजस्तो विकासको फड्को नमार्नुमा पुराना दलको उदासिनता प्रमुख कारक रहेको पौडेलले बताए । उनले अहिले जनतालाई अनावश्यक कर थुपारेर आहात बनाइएकाले त्यसलाई चिर्न राजनीतिमा लागेको उनको भनाइ छ । ‘युव मिलेर आँधिखोला गाउँपालिकाको मुहार फेर्नुपर्छ । म राजनीतिमा… पुरा पढौ

एमाले कास्की इन्चार्जमा थापा

एमाले कास्की इन्चार्जमा कृष्ण थापा चयन भएका छन् । एमाले सचिवालयको बिहीबारको बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको कास्की इन्चार्जमा चयन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । यसअघि, केन्द्रीय सदस्य भीम कार्की एमाले कास्कीको इन्चार्ज थिए । कार्कीलाई कास्की इन्चार्जको जिम्मेवारीबाट मुक्त गरी भूमि व्यवस्था विभागको उपप्रमुख बनाइएको छ । थापा पोखरा महानगर पालिकाको मेयर पदका प्रत्यासी थिए । एमाले कास्कीमा यसअघिको कार्यकालमा थापा अध्यक्ष थिए । मेयरमा… पुरा पढौ

राष्ट्रिय सौन्दर्यकर्मी युनियन पोखरामा ज्ञानु

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरामहानगर कमिटीको तेस्रो अधिवेसनले ज्ञानुकुमारी दर्जीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । १३ सदस्यीय समिति उपाध्यक्षमा गंगा पुन, सचिव सृजना घले, सहसचिवमा मन्दिरा बास्नेत र कोषाध्यक्षमा रमा रानाभाट छन् । कार्यक्रममा गण्डकी प्रदेशसभा सदश्य मिना गुरुङले सोैदर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिक बनाउँदै अगाडि लैजान नयाँ सोच तथा अवधारणा विकास हुनुपर्ने औंल्याइन् । लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समाबेस गर्ने आफ्नो सपना अहिले आएर साकार भएको… पुरा पढौ

पुरानो टुडिँखेलमा भदौ १० बाट तीज मेला

नेपाली महिलाको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा पोखरा १ स्थित पुरानो टुडिँखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला भदौ १० देखि १६ भदौसम्म चल्नेछ । प्रवेश निशुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए… पुरा पढौ

समृद्धि महिला समूहमा नयाँ नेतृत्व

पोखरा १७ सीतापाइलामा रहेको समृद्धि सीतापाइला महिला समूहको शनिबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको अध्यक्षमा सावित्रा पहाडी, उपाध्यक्ष अनिषा बराल, सचिव सुशीला पौडेल, कोषाध्यक्ष कल्पना रेग्मी र सहसचिव सुमित्रा राना छन् । ९ सदस्यीय समिति सदस्यमा भगवती अर्याल, डिलकुमारी शाही, सुनीता नेपाली, जुना खड्गी चुनिए । सँगै भएको समृद्धि टोल विकास संस्थाको विशेष भेलाले रिक्त सचिवमा देवी अधिकारीलाई निर्वाचित गरेको छ ।… पुरा पढौ

हरिदेवीको तीजको नयाँ मौलिक गीत

अग्रज लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाको नयाँ तीज गीत सार्वजनिक भएको छ । आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत बजारमा ल्याएकी हन् । ‘यो घरमा लच्छिन छैन’ बोलको गीतमा परिवारका सदस्यमा समन्वय नहुँदा आइपर्ने अप्ठेरो अवस्थालाई देखाइएको छ । https://www.youtube.com/watch?v=ptOfwqAyCvc पुरा पढौ

गजल

व्यवहारलाई गहना, सम्बन्धलाई सम्पत्ति सम्झिएँके तिमी पनि सम्झिन्छौँ- मैले यहाँ जति सम्झिएँ ? अब कसरी बर्वाद गर्छस् ए जिन्दगी तँ मलाईआँसुलाई आशीर्वाद, दुःखलाई ओखती सम्झिएँ जान्छु पनि नभनी गए एक जोर आँखाहरूकसैले नसोधिदेऊ- मैले उसलाई कति सम्झिएँ ? फुर्सद होस्, तब न सुनाऊँ तिमीलाई कहानी मेरोबिस्तारै आफ्नो मौनतालाई पनि प्रगति सम्झिएँ तिमी आउदै छौ भन्ने खबर सुन्दै गर्दा कानहररूलेत्यो चेहरा सम्झिएँ र यादहरूको आरती सम्झिएँ । पुरा पढौ

कुलप्रसाद खनालको सम्झना

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी कुलप्रसाद खनालको सम्झना गरिएको छ । गत साउन ४ गते खनालको निधन भएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए । खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्षसमेत हुन् । संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन् । खनाल प्रगतिशील लेखक… पुरा पढौ

पिसिएममा शिक्षक-कर्मचारी फुटसल

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीबीच फुटसल प्रतियोगिता भएको छ । पोखरा फुटसल अरिना गैह्रापाटनमा भएको प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको उपाधि राजकिरण छत्कुली, सर्वाधिक गोलकर्ताको उपाधि निकेश कर्मचार्य र सर्वात्कृष्ट गोलरक्षकको उपाधि सरोज कुँवरले जिते । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई कलेजका प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे । प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं