गजल

व्यवहारलाई गहना, सम्बन्धलाई सम्पत्ति सम्झिएँ
के तिमी पनि सम्झिन्छौँ- मैले यहाँ जति सम्झिएँ ?

अब कसरी बर्वाद गर्छस् ए जिन्दगी तँ मलाई
आँसुलाई आशीर्वाद, दुःखलाई ओखती सम्झिएँ

जान्छु पनि नभनी गए एक जोर आँखाहरू
कसैले नसोधिदेऊ- मैले उसलाई कति सम्झिएँ ?

फुर्सद होस्, तब न सुनाऊँ तिमीलाई कहानी मेरो
बिस्तारै आफ्नो मौनतालाई पनि प्रगति सम्झिएँ

तिमी आउदै छौ भन्ने खबर सुन्दै गर्दा कानहररूले
त्यो चेहरा सम्झिएँ र यादहरूको आरती सम्झिएँ ।