Author Archive

सित्तैमा ट्राफिकको मधुमेह जाँच

युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह जाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिए । युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ… पुरा पढौ

३० औँ पटकमा एसइई पास

गोदावरी, १३ साउन कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल भएकी छन् । उनी यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिइन् । चौधरी विसं २०५२ बाट कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भनिन्, “अब कक्षा ११ र… पुरा पढौ

अम्बिका र आरतीको तीजगीत बजारमा

नेपाली नारीको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक तीज गीत ‘कलेजी चरर’ सार्वजनिक भएको छ । अम्बिका भण्डारीको लय, शब्द रहेको तीज गीतमा अम्बिका भण्डारीका साथमा आरती अधिकारीले स्वर दिएकी छन् । पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफूहरूले मौलिक र परम्परालाई संरक्षण गरी नयाँ गीत ल्याएको उनीहरुको दाबी छ । भावी पुस्तालाई तीजका विशिष्टता र संस्कृति जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने अधिकारी बताउँछिन् । https://www.youtube.com/watch?v=2utOX8CREDI गायिका भण्डारीले… पुरा पढौ

नगरबासीलाई १० हजार लिटर पानी सित्तैमा

बागमती, १३ साउन हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए । उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन… पुरा पढौ

इन्द्रेणी एकीकृत बिकास केन्द्रमा भानुभक्त

इन्द्रेणी एकीकृत बिकास केन्द्रको विशेष भेलाले तेस्रो कार्यकालको लागि भानुभक्त अधिकारीलाई अध्यक्ष चुनेको छ । केन्द्रका उपाध्यक्षमा निरजबिक्रम राणा, महासचिव वसन्त बास्तोला, सचिव लक्ष्मण चापागाईं र कोषाध्यक्ष नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । सदस्यमा दीपक पौडेल, मिना कोईराला, अशोक श्रेष्ठ, दुर्गा अधिकारी र दुर्गाद्त भुगाई छन् । विषयगत समिति संयोजकहरुमा बेदप्रसाद वस्ती, केदार पौडेल, निर्देशकुमार चुल्याजु, मीनबहादुर घले, स्वदेश शाही र पुनम बस्नेत राणालाई छन् । पुरा पढौ

पोखराको राम्रो परियोजनालाई सघाउने भारतीय राजदूतको आश्वासन

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । राजदुत श्रीवास्तवले काठमाडौंपछि पोखरालाई महत्व दिएर नै यहाँ पेन्सन क्याम्प नै राख्ने देखि विभिन्न परियोजनामा सहकार्य भएको राजदुत श्रीवास्तवले बताए । उनले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसंग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने आश्वासनसमेत दिए । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको… पुरा पढौ

जनप्रतिनिधिले बाँडिन् बालबालिकालाई पुस्तक

पोखरा २० की जनप्रतिनिधि रुपा नेपालीले बालबालिकामा सिर्जनात्मक क्षमता वृद्धि होस् भन्ने हेतुले बालकथा संग्रह वितरण गरेकी छन् । जापानमा अध्ययनरत आफ्ना छोरीहरु सुजाता र स्वस्तिकाको तर्फबाट रूपाले साहित्यकार, दिनेश बस्नेतद्वारा लिखित बाल कथासङ्ग्रह देश सम्झिएर माया मन्टेश्वरी तथा प्रि स्कूल भलामका विद्यार्थीलाई वितरण गरेकी हुन् । उनले स्थानीय साहित्यकारलाई प्रोत्साहन र बालबालिकालाई सिर्जनशील बनाउन सानो प्रयास गरेको सुनाइन् । साहित्यकार बस्नेतले जनप्रतिनिधिको सहयोगले आफूमा ऊर्जा थपिएको बताए । उनले… पुरा पढौ

स्वास्थ्य पत्रकार मञ्च गण्डकीमा यदुनाथ

गण्डकी प्रदेशको राजधानी पोखरामा स्वास्थ्य क्षेत्रमा काम गर्ने पत्रकारहरु संगठित भएका छन् । शनिबार भएको पत्रकारको भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको तदर्थ समिति गठन गरेको छ । यदुनाथ बञ्जाराकोे अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ र कोषाध्यक्षमा पुष्प दाहाल छन् । सदस्यमा रिना थापा, विन्दु परियार र नीरज पन्त चुनिएका छन् । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति महासचिव गोविन्द सुवेदीले स्वास्थ्य… पुरा पढौ

सहकारी उत्पादनमा जोडिनैपर्छः योगी

सहकारी संस्था विधि, नीति तथा मूल्य, मान्यताका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । पोखरा १७ मा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित लेखा तालिमको उद्घाटन सत्रमा वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन् । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले मुलुकको समृद्धिका लागि सहकारीहरु उत्पादनसँग जोडिनुको विकल्प नभएको बताइन् । सहकारी आर्थिक कारोबारसँगै सेयर सदस्यको जीवनस्तर उकास्ने खालका गतिविधिमा लाग्नुपर्ने बताइन् । योगीले सहकारीबीच प्रतिष्पर्दाभन्दा पनि… पुरा पढौ

चाउथेमा युआरएलको सेवा केन्द्र, साउनभर ३० प्रतिशत छुट

युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ । सेवा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं