अम्बिका र आरतीको तीजगीत बजारमा

नेपाली नारीको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक तीज गीत ‘कलेजी चरर’ सार्वजनिक भएको छ । अम्बिका भण्डारीको लय, शब्द रहेको तीज गीतमा अम्बिका भण्डारीका साथमा आरती अधिकारीले स्वर दिएकी छन् ।

पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफूहरूले मौलिक र परम्परालाई संरक्षण गरी नयाँ गीत ल्याएको उनीहरुको दाबी छ । भावी पुस्तालाई तीजका विशिष्टता र संस्कृति जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने अधिकारी बताउँछिन् ।

गायिका भण्डारीले नेपाली समाज रहेको तीजगीतको महत्व, भूमिका र मौलिकतालाई लिएर नयाँ गीत बजारमा ल्याएको बताइन् । उनले हरेक वर्ष नयाँ तीजगीत ल्याउने गरेकी छन् ।

साहिल गायकले एरेन्ज गरेको गीतको म्युजिक भिडियोलाई शिवराज भुर्तेलले निर्देशन र छायांकन गरेका हुन् ।