पोखरा २० की जनप्रतिनिधि रुपा नेपालीले बालबालिकामा सिर्जनात्मक क्षमता वृद्धि होस् भन्ने हेतुले बालकथा संग्रह वितरण गरेकी छन् ।
जापानमा अध्ययनरत आफ्ना छोरीहरु सुजाता र स्वस्तिकाको तर्फबाट रूपाले साहित्यकार, दिनेश बस्नेतद्वारा लिखित बाल कथासङ्ग्रह देश सम्झिएर माया मन्टेश्वरी तथा प्रि स्कूल भलामका विद्यार्थीलाई वितरण गरेकी हुन् । उनले स्थानीय साहित्यकारलाई प्रोत्साहन र बालबालिकालाई सिर्जनशील बनाउन सानो प्रयास गरेको सुनाइन् ।
साहित्यकार बस्नेतले जनप्रतिनिधिको सहयोगले आफूमा ऊर्जा थपिएको बताए । उनले आफ्नै गाउँठाउँका बालबालिकालाई यसरी पुस्तक वितरण हुँदा निकै सुखी लागेको सुनाए ।
कार्यक्रममा नारायण काकीैले पनि बोलेका थिए ।






