हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरेका लामालाई बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बागी उठेर सांसदले चुनाव जितेका थिए । पछि उनी तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।






