घाँटीमा मासु अड्किएर मृत्यु

मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा १ जनाको मृत्यु भएको छ । राँगाको मासु क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको हो ।

सोमबार मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।

मृतकको शव पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ ।