Uncategorized

मेयरको डोजरले किच्यो बालक, काटियो दुवै खुट्टा, घटना गुपचुप राख्ने प्रयास

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ। डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुट्टा काटेर उपचार भईरहेको छ । घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन । उता मेयर शर्माले भने क्षतिपुर्ति र… पुरा पढौ

दोस्री छोरीमाथि पनि बलात्कार गरेपछि बल्ल जेलमा (घटना विवरणसहित)

यौनपिपासू बाबुले कस्तो सजाय पाउनु पर्छ भन्ने बहस विश्वभर नै छ । जसले जन्माउँछ उसैबाट छोरीहरु असुरक्षित हुन्छन् भने कोबाट सुरक्षित हुन्छन् त ? भन्ने प्रश्न पनि चल्दै आएको छ ।  अहिले फेरि त्यस्तै घटना सार्वजनिक भएको छ बारामा । अन्दाजी ५० वर्षका तीर्थ विश्वकर्माले आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।  २०६१ सालतिर पहिली श्रीमतीबाट जन्मेकी छोरीलाई बलात्कार गरेर ९ महिनाजति जेल बसेर छुटेका विश्वकर्माले अहिले दोस्री श्रीमतीबाट जन्मेकी माइली… पुरा पढौ

बोराबाट विद्यालय भवन बनाउँदै विजय !

नेपालबाट बिदेशमा पढ्न वा शिप सिक्न जाने चलन नौलो कुरो होइन। तर नेपालकै एउटा गाउँमा बिदेशीहरु बोराबाट कसरी घर बनाउन सकिन्छ भनेर सिक्न आउने गरेका छन्।  गाउँमै पर्याप्त रोजगार, सेवा सुबिधा र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएर गाउँ फर्केका काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका, ठुलो बाङ्थली गाउँका युवा बिजय खड्काले अहिलेसम्म ५७ देशका ५७६ जना बिदेशीहरु र ५० जना नेपालीहरुलाई बोराबाट भवन निर्माण गर्ने बिधी सिकाउन भ्याइसकेका छन्।  खड्काले आफ्नो लक्ष्यको… पुरा पढौ

भगवान शिवको मूर्तिमा किन गरिन्छ जलधारा ?

पानी जब नदीको स्वरूपमा बग्न थाल्छ तब त्यसको दुई किनारा हुन्छ। यसैप्रकार यो सृष्टिको सृजनारुपी नदी जब बग्छ तब त्यसमा दुई किनारा स्वभाविक रुपमा हाम्रो अघि आउँछ । एक किनारा शक्तिको छ जसलाई हामी चेतना (consciousness) भन्छौ। दोस्रो किनारा त्यो अचेतन जगत अर्थात पदार्थको हो  जसलाई हामी जड (unconsciousness) भन्छौ । त्यसो त सारा सृष्टि शक्ति (energy) बाट बनेको छ । सृष्टि भित्र बिस्तारै बिस्तारै चेतनाको जब बिकास क्रम भयो… पुरा पढौ

मेस्सीले राखे इज्जत, हारबाट जोगाए अर्जेन्टिनालाई

अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेशका लागि संघर्षरत रहेको छ । पहिलो खेलमा कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएपछि कमजोर सुरुआत गरेको अर्जेन्टिनाले दोस्रो खेलमा भने हार टारेको छ ।  बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पाराग्वेले ३७ औं मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत अग्रता लिएको थियो ।  ५७ औं मिनेटमा पेनाल्टी गोलमार्फत गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए ।… पुरा पढौ

नेकपा नेता गौतम अजकल व्यायममा (फोटोसहित)

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सचिवालय सदस्य वामदेव गौतम अजकल राजनैतिक संगसंगै शारीरिक ब्यायममा पनि उत्तिकै समय खर्चिने गरेका छन् । दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गरेपछि उनि शारीरिक व्यायम तिर पनि लागेको जानकारी भएको हो । फेसबुक पेजमा घरमै व्यायाम गरेको फोटो सार्वजनिकगर्दै उनले भनेका छन्, ‘नियमित शारीरिक ब्यायामले प्रत्येक दिनलाई सरल, उर्जाशिल र गतिशिल बनाँउछ, स्वस्थ्य रहौं, खुसी रहौं, शुभ बिहानी१११ ’ पुरा पढौ

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षसहित दुई जना घाइते

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडा नम्बर ७ का वडाध्यक्ष हरिचन्द्र जोशी र सदस्य नरेश महर गम्भीर घाइते भएका हुन् । घाइते दुवै जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको छ । अहिले दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल वडा सदस्य नरेश महरले चलाएका… पुरा पढौ

करेन्ट लागेर एक महिलाको मृत्यु

सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमि वलीको करेन्ट लागेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले वलीको घटनास्थलमै मृत्यु भएको बताए। वलीलाई सोमबार बिहान घाँस काट्न गएको समयमा जमिनमा लत्रिएको तारबाट करेन्ट लागेको थियो। वलीका परिवारलाई क्षतिपूर्ति बापत विद्युत प्राधिकरणले प्रचलित नियम अनुसार ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति… पुरा पढौ

तिब्र खोजी गर्दापनि बेपत्ता वायु सेनाको विमान ८ दिनसम्म पनि फेला परेन

१३ जना सवार भारतीय वायु सेनाको विमान तिब्र खोजी गर्दापनि बेपत्ता भएको ८ दिनसम्म पनि अझै फेला परेको छैन । पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त विमान अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको तर हालसम्म सम्पर्कविहिन भएको हो । विमान भेटिएको सूचना दिनेलाई ५ लाख दिने घोषणा गरि खोजीका लागि तिव्रता दिएतापनि विमानको कुनै अत्तोपत्तो हुन सकेको छैन । विमान… पुरा पढौ

चितवनमा जिकेको गोहो

पछिल्लोपटक साहित्य बजारमा आएका किताबको सूचीमा `गोहो´ को आफ्नै किसिमको चर्चा छ । सोही पुस्तकमाथी शनिबार चितवनमा अन्तरक्रिया गरियो । लेखक जिके पोख्रेलको `गोहो´ मा १० कथा छन् । किताबमाथि समीक्षकद्वय डा. एकनारायण पाैडेल र रमेश प्रभातले टिप्पणी गरेका थिए । `सम्पूर्ण किताब एक बसाइँमा पढेर सकिन्न । तर, हरेक कथा एक बसाइमा पढेर सकिने खालका छन्,´ गोहोमाथि बोल्दै समीक्षक डा. एकनारायण पौडेलले भने, `कथामा पारम्परिक बिम्बका अलावा लेखकले आफैँ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं