मोटरसाइकल दुर्घटनामा वडाध्यक्षसहित दुई जना घाइते

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडा नम्बर ७ का वडाध्यक्ष हरिचन्द्र जोशी र सदस्य नरेश महर गम्भीर घाइते भएका हुन् ।

घाइते दुवै जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको छ । अहिले दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल वडा सदस्य नरेश महरले चलाएका थिए ।