करेन्ट लागेर एक महिलाको मृत्यु

सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमि वलीको करेन्ट लागेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले वलीको घटनास्थलमै मृत्यु भएको बताए। वलीलाई सोमबार बिहान घाँस काट्न गएको समयमा जमिनमा लत्रिएको तारबाट करेन्ट लागेको थियो।

वलीका परिवारलाई क्षतिपूर्ति बापत विद्युत प्राधिकरणले प्रचलित नियम अनुसार ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको प्रहरी निरीक्षक बादेले जानकारी दिए। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खलंगातर्फ पठाएको प्रहरी निरीक्षक बादेले जानकारी दिए।