तिब्र खोजी गर्दापनि बेपत्ता वायु सेनाको विमान ८ दिनसम्म पनि फेला परेन

१३ जना सवार भारतीय वायु सेनाको विमान तिब्र खोजी गर्दापनि बेपत्ता भएको ८ दिनसम्म पनि अझै फेला परेको छैन ।

पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त विमान अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको तर हालसम्म सम्पर्कविहिन भएको हो ।

विमान भेटिएको सूचना दिनेलाई ५ लाख दिने घोषणा गरि खोजीका लागि तिव्रता दिएतापनि विमानको कुनै अत्तोपत्तो हुन सकेको छैन । विमान खोजीका लागि नै पर्वतारोहीको ७ टोलीलाई पठाईएको छ । जसमा २ जना नेपालको सर्बोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्ने गर्छ । टेक अफ भएको केही समयमा नै विमान सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ।