खेलकुद

ग्याल्पो लामाको स्मृतिमा ब्याडमिण्टन

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा ११ औं अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मूल नाराका साथ पोखरामा ग्याल्पो स्मृति लायन्स क्लव अफ पोखरा अन्नपूर्णका संस्थापक सदस्य स्व. ग्याल्पो लामाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सञ्चालनार्थ स्व.लामाको परिवारले ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । लामाका अष्टे«लियाबाट अक्षयकोषमा सहयोग आउने आयोजकले जनाएको छ । साथै क्लबका सदस्यबाट स्वतःस्फुर्त प्राप्त रकमलाई… पुरा पढौ

बिटी कप फुटवल प्रतियोगिताको तयारी

पोखराको टुडिखेलमा विरेन स्मृति १३ औं बिटी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ‘वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यका लागि खेलकुद’ को नाराका प्रतियोगिता हुन लागेको हो । आगामी चैत १८ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गरिने बुद्धटोल युवा क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।क्लबस्तरीय नकाउट फुटबल प्रतियोगितामा करिब ५० क्लब सहभागी हुने प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए… पुरा पढौ

बस्नेतले पाए खुला म्याराथनको उपाधि

चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन्। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन्। कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे। दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार… पुरा पढौ

रुस्लान थ्री स्टारलाई आहा रारा गोल्डकप उपाधि

रुस्लान थ्रीस्टारले पाँचौ पटक आहा रारा गोल्डकपको उपाधि उचाल्दा आर्मी पोखराको मैदानमा फेरी एक पटक अभागी बन्यो । उत्कृष्ठ कमब्याक गर्दै थ्रीस्टारले सडन डेथमा आर्मीलाई पराजित गर्दै उपाधि उचाल्यो । ५–५ पेनाल्टीमा ४–४ गोल भएपछि सडन डेथमा पुग्यो । सडन डेथमा विकास खवासको पेनाल्टीलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाउँदै उपाधि उचाल्ने ढोका खोले । थ्रीस्टारका मिचेन तामाङको पेनाल्टी गोल भएपछि पोखराको मैदानमा पाँचौपटक उपाधि उचाल्यो । पाँचौ, नवौ, ११ औं… पुरा पढौ

भलिबलको उपाधि झापालाई

ओखलढुङ्गा प्रदेश नं १ प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि झापाले जितेको छ । ओखलढुङ्गामा आज सम्पन्न प्रदेशस्तरीय पुरुष भलिबलको छनोट प्रतियोगितामा भोजपुरलाई ३०–२८, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै झापाले उपाधि जितेको हो । त्यस्तै सङ्खुवासभालाई हराउँदै सुनसरीले तेस्रो स्थान हासिल गरेको छ । सुनसरीले सङ्खुवासभालाई २५–२१, २५–२३, २१–२५ र २५–२० को सेटमा हराएको छ । प्रदेशस्तरीय खेलबाट छनोट भएका खेलाडी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकूद… पुरा पढौ

सन्दीप लामिछानेको जिल्लामा रंगशाला बन्दैछ : रेनु दाहाल

नारायणगढको क्याम्पाचौरमा आजबाट १६ औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता सुरु भएको छ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा २०५७ सालदेखि निरन्तर हुँदै आएको यस प्रतियोगिता यस वर्ष पनि क्याम्पाचौरमा सुरु गरिएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज व्याटिङ गरी क्रिकेट प्रतियोगिताको उद्घाटन गरिन्। कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरको रामपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएकै समयमा सकिने बताइन्। उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित स्पोर्टस् एकेडेमी निर्माण गरिने… पुरा पढौ

रुस्लान थ्रीस्टार-त्रिभुवन आर्मी उपाधि होडमा

मोफसलको उत्कृष्ठ गोल्डकपको उपमा पाएको आहा रारा गोल्डकपको १७ औं संस्करणको उपाधि छिनोफानोसँगै शनिबार विट मार्ने छ । उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्रीस्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा आफैंमा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा फुटबलप्रेमीले गरेका छन् । आजको फाईनलमा इतिहास रच्ने र साख जोगाउने बीच प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । पोखराको मैदानमा आर्मीले सहारा क्लबद्वारा आयोजित आहा देखि आहा रारा गोल्डकपको… पुरा पढौ

डफिन्सलाई रोकेर आर्मी फाइनलमा

पोखराकै मैदानबाट दोस्रो उपाधि उचालेर सिजनको चौथो पुरस्कार जित्ने क्यामरुनी टोली डफिन्स फुटबल क्लबको सपनालाई त्रिभुवन आर्मीले बिहीबार तुषारापात गरेको छ । १७ औंं सस्करणको आहा रारा गोल्डकपको फाईनल सुरक्षित गर्दा आर्मीले सिजनको पहिलो उपाधि उचाल्दै उपाधियात्रा शुरु गरेको क्यामरुनी टोलीलाई रित्तो हात फर्कायो । डफिन्सको चुनौतिलाई १–० गोलले पन्छाउँदै आर्मीले फाईनल यात्रा सुरक्षित गर्दा उपाधि भिडन्त रुस्लान थ्रीस्टारसँग पक्का गरेको छ । डफिन्सले पोखरामा मनकामना केवलकार पोखराकप, धरानको बुढासुब्बा… पुरा पढौ

थ्रीस्टार आहा रारा गोल्डकप फाईनलमा

झरीले रुझेको मैदान । हिलाम्यसँगै चिप्लो । खेलाडी आफैं नियन्त्रण हुन कठिनाई । बुधबार विहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७ औं सस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा रुस्लान थ्रीस्टारले एपीएफलाई अन्तत पेनाल्टी सुटआउट पुगेर पन्छायो । पेनाल्टी सुटआउटमा पराजित गर्दै रुस्लान थ्रीस्टार १७ औं सस्करणको आहा रारा गोल्डकपको फाईनल प्रवेश गर्दा मनकामना केवलकार पोखरा कपको उपविजेता शसस्त्र प्रहरी बल सेमिफाईनलबाट यात्रा टुंगिएको छ । पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार… पुरा पढौ

महिला टी–२० विश्वकप छनोट, नेपालद्वारा कुवेत पराजित

रुविना क्षत्रीले ह्याट्रिक गरेपछि आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रनमा समेटिने क्रममा रुविनाको ह्याट्रिक गरिन् । कुवेतका लागि कप्तान मार्याम ओमरले सर्वाधिक २९ बनाइन्। ३६ बलको सामना गरेकी ओमरले ३ चौंका प्रहार गरिन्। त्यस्तै प्रियादा मुरलीले ३७ बलमा १४ तथा सब्रिन जाकी र मरिआम्मा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं