बिटी कप फुटवल प्रतियोगिताको तयारी

पोखराको टुडिखेलमा विरेन स्मृति १३ औं बिटी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ‘वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यका लागि खेलकुद’ को नाराका प्रतियोगिता हुन लागेको हो । आगामी चैत १८ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गरिने बुद्धटोल युवा क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।
क्लबस्तरीय नकाउट फुटबल प्रतियोगितामा करिब ५० क्लब सहभागी हुने प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए । पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । यस्तै, उपविजेता क्लबले ८० हजार १ सय ११ रुपैयाँ नगद पाउने क्लबले जनाएको छ ।
गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यवस्था गरेको उल्लेख गर्दै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्टा«ईकरलाई जनही ३ हजारसहित ट्रफिले पुरस्कृत गरिने बताए । उनका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।
पोखरा महानगरपालिका–१, बगरस्थित पुरानो टुँडिखेलमा १ साता सञ्चालन हुने प्रतियोगितमा टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएको क्बलका सचिब रेशम सापकोटाले बताए । सापकोटाले प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च हुने जानकारी दिए ।
पत्रकार भेटघाटमा क्लबका सल्लाहकार चन्द्रबहादुर गुरुङले बिटी कप बिगत १३ बर्षदेखि आयोजना गर्दै आएको बताए । फुटबल क्षेत्रको विकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बिरेन गुरुङको स्मृतिमा आयोजना गरेको उनले उल्लेख गरे । प्रतियोगितालाई नेपाले खलक भिचुक–७, कास्की, बिटी हङकङ, र बिटी युकेले मुख्य प्रायोजन गरेको छ ।