खेलकुद

महंगा सावित भए सन्दीप लामिछाने

पाकिस्तानी सुपर लिग पीएसएल क्रिकेटमा नेपाली स्पीन बलर सन्दीप लामिछाने महंगा सावित भएका छन् । लाहोर कलन्दरका सन्दीप महंगा सावित भएपछि शनिबार राति भएको खेलमा इस्लामाबाद युनाइटेडले ४९ रनले हरायो ।  टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । केमरन डेलपोर्टले विस्फोट ब्याटिङ गर्दै ११७ रनको योगदान दिए । उनले ६० बलमा १३ चौका र ६ छक्काको सहयोगले यो योगफल बनाएका हुन्… पुरा पढौ

भद्रकालीलाई भलिबल उपाधि

नेपाल जापान एजुकेसनल सपोर्ट क्लबको प्रायोजन र सिद्ध मावि पोखरा १५ फलेपाटनको आयोजनामा भएको अन्तरमाध्यमिक भलिबल प्रतियोगिताको उपाधि भद्रकाली मावि कुँडहरले हात पारेको छ । हावर्ड एकेडेमी द्वितीय र आयोजक सिद्ध मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भद्रकालीका सुजन विक बेस्ट प्लेयर, भद्रकालीकै थमन गुरुङ बेस्ट सेटर र हावर्ड एकेडेमीका… पुरा पढौ

सुरेन्द्र र संजीव जोडीलाई ब्याडमिन्टन उपाधि

‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा पोखरामा आयोजित ग्याल्पो स्मृति ११ आंै अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शनिबार भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा खुलातर्फ लायन्स क्लब अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजीव अधिकारीको जोडी प्रथम भएको छ । फाइनल खेलमा लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ र मीन गुरुङको जोडीलाई पराजित… पुरा पढौ

खेलकुदलाई उद्योगको रुपमा विकास गरौं : खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद स्वास्थ्यका लागि खेलकुद मात्रै नभई पेशा व्यवसाय र उद्योगको रुपमा हेरिनुपर्ने बताएका छन् । ठुला देशहरुले खेलकुदलाई उद्योगको रुपमा अबलम्बन गरेको भन्दै उनले त्यही उद्योगले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिएको स्पष्ट पारे । ‘खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । त्यसको लागि आवश्यक पुर्वाधार तर्फ सरकारले ध्यान दिएको छ ।’ उनले भने–‘उद्योगको रुपमा विकास भए पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने छ ।’ उनले… पुरा पढौ

महिला साफ फुटबलको तयारी अन्तिम चरणमा, नेपालको सम्भावना कति ?

पाँचौं महिला साफ फुटबल च्याम्पियनसीप फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ । नेपाली महिला फुटबल टोली टोली घरेलु मैदानमा हुने प्रतियोगिताबाट उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । लगातार पाँचौंपटक साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता खेलिरहँदा नेपाल सधै‌ं बलियो दावेदारका रुपमा रहे पनि उपाधि जित्न सकेको छैन । नेपालका लागि सधै‌ं तगारो बन्दै आएको छ भारत । यसपालि भने भारतविरुद्ध नेपाली टिम उच्च मनोबलका साथ भिड्नेछ । अन्तर्राष्ट्रिय… पुरा पढौ

अर्जेन्टिनी राष्ट्रिय टिममा मेसीको पुन फर्किए

लियोनेल मेसी अर्जेन्टिनी राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । सन् २०१८ को विश्वकप पछि राष्ट्रिय टिमबाट नखेलेका मेसीलाई भेनेजुयला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा समावेश गरिएको छ । अर्जेन्टिनाले यहि मार्च २३ मा भेनेजुएला र मार्च २७ मा मोरक्कोसँग मैत्रीपूर्ण खेल खेल्दै छ । बार्सिलोनाका स्ट्राइकर ३१ वर्षे मेसीले पछिल्लो ६ वटा मैत्रीपूर्ण खेलमा टिमबाट बाहिर रहेका थिए ।  रसिया विश्वकपमा अन्तिम १६ बाट अर्जेन्टिना बाहिरीएपछि मेसी राष्ट्रिय टिमको जर्सीमा… पुरा पढौ

छनोटमा असफल कास्कीको फुटबल

खेलमा हारजित स्वभाविक हो । कहिले काँही नपत्याउने खोलाले नै बगाउँछ । उखान यसै बनेको भने हैन् । यतिबेला प्रदेशस्तरीय छनोट चलिरहेको छ । ३५ खेल मध्ये केही खेललाई संघले आफैंले छनोट गर्दै स्वतह पठाउने छ । केही भने प्रतिस्पर्धा गरेर नै छनोट हुनुपर्छ । गण्डकी प्रदेशमा यही फागुन २५ भित्रमा सबैजसो खेलको खेलाडीहरु चयन हुदैं आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । केही व्यक्तिगत त कोही टिम गेमको… पुरा पढौ

साफ महिला च्याम्पियनसिपक लागि नेपाली टोली घोषणा

फागुनको अन्तिम साता विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीको घोषणा गरिएको छ । घोषणा गरिएको टोलीमा नेपाली राष्ट्रिय महिला टोलीक नियमित कप्तान अनु लामा भने परेकी छैनन् ।  मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्ने जनाएका छन् । टोलीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डरमा हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पुजा… पुरा पढौ

टप्सलाई खुल्ला महिला भलिबल उपाधी

अन्नपुर्ण युवा क्लबले कोत्रे बजारमा आयोजनामा गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स मावीले जितेको छ । टिजी गल्र्स गगनगौडाँलाई २२–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गर्दै टप्सले उपाधी जितेको हो । टप्सले २० हजार र टिजीले १५ हजारको साथमा कप पदक र प्रमाणपत्र पाए । १२ समुहले सहभागिता जनाएका थिए । खुला पुरुष बास्केटबल प्रतियोगितामा पोखराको रंगशाला युवा क्लबले उपाधी जितेको छ । ढुंगेपाटन युवा क्लब पावरहाउसलाई… पुरा पढौ

टप्सलाई खुल्ला महिला भलिबलको उपाधी

अन्नपुर्ण युवा क्लबले कोत्रे बजारमा आयोजनामा गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स मावीले जितेको छ । टिजी गल्र्स गगनगौडाँलाई २२–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गर्दै टप्सले उपाधी जितेको हो । टप्सले २० हजार र टिजीले १५ हजारको साथमा कप पदक र प्रमाणपत्र पाए । १२ समुहले सहभागिता जनाएका थिए । खुला पुरुष बास्केटबल प्रतियोगितामा पोखराको रंगशाला युवा क्लबले उपाधी जितेको छ । ढुंगेपाटन युवा क्लब पावरहाउसलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं