भद्रकालीलाई भलिबल उपाधि

नेपाल जापान एजुकेसनल सपोर्ट क्लबको प्रायोजन र सिद्ध मावि पोखरा १५ फलेपाटनको आयोजनामा भएको अन्तरमाध्यमिक भलिबल प्रतियोगिताको उपाधि भद्रकाली मावि कुँडहरले हात पारेको छ ।

हावर्ड एकेडेमी द्वितीय र आयोजक सिद्ध मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
भद्रकालीका सुजन विक बेस्ट प्लेयर, भद्रकालीकै थमन गुरुङ बेस्ट सेटर र हावर्ड एकेडेमीका हरि गुरुङ बेस्ट स्पाइकर घोषित भए । उनीहरुले नगद २÷२ हजार प्राप्त गरे ।

समापन समारोहमा खेल प्रायोजक जापनिज नागरिक किम्जो यामासिता फुसिमा आसाइलाई दोेसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा लील गुरुङ र अनील गुरुङसमेत सम्मानित भए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका पोखराका मेयर मानबहादुर जिसी, पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, प्रधानाध्यापक शंकर ज्ञवाली, कार्यक्रम संयोजक गोविन्द गिरी, जापान एजुकेसनल सपोर्ट क्लबका अध्यक्ष किम्जो यामासिता लगायतले पुुरस्कार वितरण गरेका थिए ।