फागुनको अन्तिम साता विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीको घोषणा गरिएको छ । घोषणा गरिएको टोलीमा नेपाली राष्ट्रिय महिला टोलीक नियमित कप्तान अनु लामा भने परेकी छैनन् । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्ने जनाएका छन् ।
टोलीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डरमा हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बुले सम्हालेछिन् । त्यसैगरी मिडफिल्डरको जिम्मेवावरु अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी र फरवार्डमा रेखा पौडेल, निरु थापा (कप्तान) सावित्रा भण्डारी रहेकी छिन् ।
फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र बंगलादेश रहेका छन् । अन्तिम टोलीमा ६ खेलाडी यू(१९ उमेर समूहको टोलीका सदस्य हुन् । यसअघि नेपालले हिरो गोल्डकपमा सहभागिता जनाएको २३ सदस्यीय टोलीबाट तीन खेलाडीले अन्तिम छनोटमा स्थान पक्का गर्न सकेनन् । फरवार्ड अनुसँगै मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनिता चौधरी टोलीमा पर्न सकेनन् । अनु एपीएफबाट खेल्दै आएकी छिन् भने सुनिता र विमला आर्मीका खेलाडी हुन् ।
प्रशिक्षक खड्काले प्रशिक्षणका दौरान सबै खेलाडीले निकै मिहिनेत गरेको र अन्तिम छनोट गर्न निकै कठिन रहेको बताए । ‘हामीले झापा, इटहरी र विराटनगरमा राखेको प्रशिक्षण क्याम्पमा खेलाडीहरुले निकै मिहिनेत गरे । अन्तिम छनोटको प्रक्रिया निकै कठिन भयो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा फागुन २८ गते भुटानको सामना गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।
kheladinews.com




