सुरेन्द्र र संजीव जोडीलाई ब्याडमिन्टन उपाधि

‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा पोखरामा आयोजित ग्याल्पो स्मृति ११ आंै अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शनिबार भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा खुलातर्फ लायन्स क्लब अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजीव अधिकारीको जोडी प्रथम भएको छ । फाइनल खेलमा लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ र मीन गुरुङको जोडीलाई पराजित गर्दै सो जोडीले खुलातर्फको उपाधि आफ्नो पोल्टामा पारेको हो । खुलातर्फ लायन्स क्लब अफ पिस चौतारीका होम गुरुङ र फणीन्द्र तिमिल्सिना तथा लायन्स क्लब अफ गोल्डेन चौतारीका विशाल खड्का र विश्व अधिकारीले तृतीय स्थान हासिल गरे ।

भेट्रान्सतर्फ लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ र मीन गुरुङको जोडी प्रथम भयो । फाइनलमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडीलाई पराजित गर्दै गुरुङ जोडीले सो उपाधिमा आफ्नो नाम लेखाए । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका डम्मरसिंह गुरुङ र दुर्गा जोजिजु तथा लायन्स क्लब अफ आँगनका श्याम श्रेष्ठ र रामकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गरे । लायन्स क्लब अफ फेवा लेकसिटीले उत्कृष्ट क्लबको पुरस्कार प्राप्त ग¥यो ।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले विजयी खेलाडीलाई १ समारोहबीच ट्रफी, मेडल तथा विभिन्न गिफ्ट ह्याम्परले पुरस्कृत गरे । क्लबका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्र्यक्रममा स्वर्गीय ग्याल्पो लामाकी श्रीमती विन्ध्येश्वरी लामा, सोनाम साङ्पो, डिस्ट्रिकका पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, चिफ एडभाइजर धु्रव श्रेष्ठ, कार्यक्रम संयोजक यदुनाथ अधिकारी लगायतले बोलेका थिए ।