पोखराकै मैदानबाट दोस्रो उपाधि उचालेर सिजनको चौथो पुरस्कार जित्ने क्यामरुनी टोली डफिन्स फुटबल क्लबको सपनालाई त्रिभुवन आर्मीले बिहीबार तुषारापात गरेको छ । १७ औंं सस्करणको आहा रारा गोल्डकपको फाईनल सुरक्षित गर्दा आर्मीले सिजनको पहिलो उपाधि उचाल्दै उपाधियात्रा शुरु गरेको क्यामरुनी टोलीलाई रित्तो हात फर्कायो ।
डफिन्सको चुनौतिलाई १–० गोलले पन्छाउँदै आर्मीले फाईनल यात्रा सुरक्षित गर्दा उपाधि भिडन्त रुस्लान थ्रीस्टारसँग पक्का गरेको छ । डफिन्सले पोखरामा मनकामना केवलकार पोखराकप, धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप उचाल्दै फेरी पोखरा आईपुगेको थियो ।
खेलको १३ औं मिनेटमा आर्मीले अग्रता लियो । जुन अग्रता अन्त्यसम्म कायम रहदाँ उपाधि निकट पुग्यो । पोखराबाटै नकाउट फुटबलमा उदाएको डफिन्सको यात्रा पोखराबाटै अस्तायो । दिपक गुरुङको लङक्रस बललाई तेजबहादुर बुढाथोकीले डिफेण्डरलाई विट गर्दै हानेको हेडिङले पोष्टको दिशा लिएपछि आर्मीले पोखराको मैदानमा फाईनल खेल्न सम्भावनामा सेलिब्रेशन गर्यो । बुढाथोकीको हेड सेकेण्डबार च्याप्दै गोल हुदाँ क्यामरुनका गोलरक्षक प्रिसोले डाईभ गरेपनि भेट्न भने सकेनन् ।
मोफसलका प्रतियोगिताहरुमा नेपाली क्लबको फुटबलको बास्तविकता प्रष्टयाउँदै आएको क्यामरुनी टोली भने आर्मीसँग पराजित हुदाँ दश खेलाडीमा सीमित हुदैं टुग्याएको थियो । अन्तिम समयमा आफना भरपर्दा फरवार्ड यान्निक ओहोनालाई गुमाएपछि सुस्ताएको डफिन्स खेलमा फर्किने सम्भावना कमजोर देखियो । खेल सकिन पाँच मिनेट बाँकी हुदाँ यान्निकको अनुपस्थितिले आर्मीमाथि दबाव सृजना गर्न डफिन्सलाई कठिनाई भएको थियो ।
पहिलो हाफमै गोल गरेर सुखद अवस्थामा रहेको आर्मीले डफिन्सका गोलरक्षकलाई हरपल व्यस्त बनाई राख्यो । खेलको २० औं मिनेटमा आर्मीले मुभ बनायो । भरत खवासले दिएको माईनस पासलाई सन्तोष तामाङ बलभन्दा अघि बढेपछि अवसर गुम्न पुग्यो । त्यसो त डफिसन्ले पनि महत्वपूर्ण अवसरलाई पहिलो हाफमै गुमायो । २६ औं मिनेटमा रातो कार्ड खानु अघि यान्निक ओहोनाले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई फष्टबार नजिकैबाट बाहिर फालेपछि डफिन्सका खेलाडी निकै तनावसहित निराश देखिए ।
खेलको ३५ औं मिनेटमा आर्मीले फेरी अवसरलाई उस्तै गरी गुमाउँदा गोल दोब्बर गर्ने अवसर खेर फाल्यो । भरत खवासले पोष्ट नजिकैबाट हानेको प्रहारलाई डफिन्स गोल रक्षक प्रिसोले सेभ गरे । रिवाउण्ड भएको बललाई डिफेण्डर डिडर टिनाले क्लियर गरेपछि आर्मी चुक्दा डफिन्स भने भाग्यमानी देखियो । सन्तोष तामाङले बल उपलब्ध गराईदिएका थिए । पहिलो हाफकै अन्त्य तिर पाएको र्कनर किकको सुनौलो अवसर पनि आर्मील गुमाउन पुग्यो । त्यसभन्दा अघि भरत खवासले हानेको कर्नरलाई व्याकहिल पासलाई आर्मीका खेलाडीले हेडिङ गर्न नसकेपछि अवसर गुमाएको थियो ।
अग्ला कदका क्यामरुनी खेलाडीले अधिकांश बल ‘एयर’ मै खेले । तर आर्मीले डिफेन्सलाईनलाई निकै चुस्त र जर्वजस्त बनाउँदै डफिन्सको चुनौतिलाई पन्छाईराखे । डफिन्सले पनि ३९ औं मिनेटमा फ्रिकिको अवसर पाएको थियो । फ्रिकिकलाई डिडर टिनाले प्रहार गरे । तर उपयोग नै भएन् ।
पहिलो हाफमै आर्मीले आफनो अग्रतालाई जोगाईराख्दा डफिन्स भने निकै हतार र हतासमा समय निर्धारित समय टुंग्यायो । दर्शकले पनि विगतमा विभागीय टोलीलाई हतास बनाउने गरी हुटिङ आउथ्यो । तर पोखराको मैदानमा बिहीबार भने आर्मीको जुझारुपन देख्दा समर्थनमा दर्शकको उत्साह मिल्यो । उल्लेख्य दर्शकको उपस्थितिसँगै मन जित्दा आर्मीले सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा गोल्डकपको चौथो पटक फाईनल खेल्ने निधो गर्यो । यस अघि आर्मीले सातौं, आठौ र १४ औं सस्करणको फाई ल खेलेको थियो । तर उपाधि विहीन यात्रा टुग्याईरहेको छ ।
आर्मीले ६१ औं मिनेटमा टंक बस्नेतको पासलाई नवयुग श्रेष्ठले सदुपयोग गरेपनि गोल गर्नबाट टाढा रहे । बस्नेतले दिएको व्याक पासमा नवयुगले ओपन बल प्रहार डफिन्सका गोलरक्षक प्रिसोले बचाए । ७१ औं मिनेटमा यान्निकको व्याकपासलाई ओहान्दाले हानेको बल आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ठ डाईभ सेभ गर्दै आर्मीको भरोसा जोगाउँदै कर्नर हान्ने मौका दिए । ७३ औं मिनेट भरत खवासले वान भर्सेस वानको अवसरलाई खेर फालिदिए । उनले दुई डिफेन्सको बीचबाट बल अगाडि बढाउँदै प्रहार गरेको बल फष्टबारबाट बाहिर गयो । त्यो नै आर्मीको लागि सम्भवत अन्तिम उत्कृष्ठ अवसरका रुपमा रहेको थियो ।
खेलमा गोलको अवसर सृजना गरेका दिपक गुरुङ म्यान अफ दि म्याच घोषित हुदैं नगद ५हजार रुपैयाँ पुरस्कार स्वरुप थापे । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित १७ औं आहा रारा गोल्डकपको उपाधिको लागि शनिबार त्रिभुवन आर्मीले रुस्लान थ्रीस्टारसँग खेल्ने छ । आहाको संस्करणमा यी दुवैको फाईनल भेट भने पहिलो हुने छ ।
kheladinews.com




