खेलकुद

पल्सर स्पोर्ट्स अवार्डका लागी चार विधाको मनोनयन सार्वजनिक,कोको परे मनोनयनमा ?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड– २०७५ को लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते हुने अवार्डका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत वर्षको उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । मञ्चअन्तर्गत खेलाडी छनोट समितिले वर्षभर खेलाडी र प्रशिक्षकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा हात पारेको उपलब्धिको आधारमा उनीहरूलाई मनोनयन गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका… पुरा पढौ

पाकिस्तान र न्युजिल्याण्डमा को बलियो ?

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बुधबार पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल हुँदैछ ।  विश्वकपको ३३ औं खेल बर्मिंघमको मैदानमा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । दुवै टिम पाँचौं पटक इंगल्याण्डको मैदानमा आमने सामने हुँदैछन् । पछिल्ला तीन खेलमा पाकिस्तान विजयी भएको छ ।  सन् १९८३ मा भएको खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो । त्यसपछि ३६ वर्षदेखि पाकिस्तान विजयी हुँदै आएको छ । सन् १९८३ मै, सन् १९९९ र सन्… पुरा पढौ

महिला विश्वकप फुटबलबाट बाहिरिए २ एसियाली राष्ट्र

इटाली र नेदरल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । फ्रान्समा जारी प्रतियोगिताको मंगलबार राति भएको खेलमा चीनलाई २–० गोल अन्तरले पराजित गर्दै इटाली क्वार्टरफाइनलमा पुगेको हो । इटालीको जितमा भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्डसंग खेल्नेछ ।  एसियाली फुटबलको पावर हाउस जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो ।  खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो… पुरा पढौ

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

अष्ट्रेलिया इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । मंगलबार राति भएको खेलमा आयोजक इंगल्याण्डलाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।  दुई खेल अगाबै सेमिफाइनलमा पुगेको अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४४.४ ओभरमा अलआउट हुँदै २२१ रनमा रोकियो ।  बेन स्टोक्सले ८९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा… पुरा पढौ

पोखरा महानगरमै खेलकुद विकास समिति, व्यायम सामग्री किन्न ५० लाख

पोखरा महानगरले १६ ठाउँमा व्यायम सामग्री किन्न ५० लाख बजेट छुट्याएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माणलाई महागरले निरन्तरता दिएको हो । महानगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ । मंगलबार बजेट पेश गर्दै उपमेयर मञ्जुदेवी गुरुङले महानगर युवा परिषद् तथा खेलकुद… पुरा पढौ

इङ्ल्यान्ड र अस्ट्रेलियामध्ये को बलियो ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् ।  लड्समा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् । जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्यहोर्दै अंक तालिकामा ८ अंकसहित हाल चौथो स्थानमा रहेको… पुरा पढौ

शकिब अल हसनसंग के जादू छ ?

विश्वकप एक दिवसीय क्रिकेटमा अफगानिस्तानपछिको कान्छो टोलीको रुपमा बंगलादेश चिनिन्छ । तर इंगल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा भने बंगलादेशले आकर्षक खेल देखाइरहेको छ ।  विश्वकपमा अहिलेसम्मकै बढी खेल बंगलादेशले जितेको छ । जारी विश्वकपमा उसले तेस्रो जित निकालेको छ । त्यो पनि अप्रत्याशित नतिजा ल्याउँदै । विरलै अनुमान गर्न सकिने दक्षिण अफ्रिकालाई समेत बंगलादेशले माथ दिएको छ ।  बंगलादेशको मनोबल बढ्नुका उच्च फ्याक्टर बनेका छन् अलराउन्डर शकिब अल हसन… पुरा पढौ

पोखराको आँटीघर मौजामा हाई अल्टिच्युड खेल मैदान

अबको केही वर्षमा शहरबाट गाउँमा फुटबल हेर्न दर्शक उक्लिने छन् । महानगरपालिकाले त्यसको लागि आवश्यक गृहकार्य शुरु गरिसकेको छ । फुटबल मैदान बनाउन महानगरपालिको वडा नं २० आँटीघर मौजामा खेल मैदान निर्माण गर्ने योजना अघि सारेको छ । त्यो पनि महानगरपालिकाकै सबैभन्दा उचाईमा फुटबल मैदान बन्ने छ । महानगरपालिकाले आफनो पाँचौ नगरसभा मार्फत पोखरा–२० आँटीघर मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको छ । खेल मैदान गतवर्षदेखि… पुरा पढौ

मेस्सी विश्वकै उत्कृष्ट खेलाडी, कारण के के हुन् ?

 अनौपचारिक तथ्यांकअनुसार विश्वको आधा जनसंख्या भन्दा बढीले फुटबल हेर्छ । फुटबल प्रशंसकको संख्या विश्वर ४ अर्ब रहेको अनुमान छ । विश्वका सबैजसो ठाउँमा फुटबल खेलिन्छ, हेरिन्छ ।फुटबलप्रेमीहरुले अर्जेन्टिनाका लियोनल मेस्सीलाई नचिन्ने त कुरै भएन । मेस्सीले २००४ बाट बार्सिलोनाको सिनियर टिममा प्रोफेसनल फुटबल यात्राको तय गरेका थिए । विश्वकै उत्कृष्ट खेलाडी को हो ? भन्ने प्रश्नमा वैज्ञानिक सिमोन ब्रुन्डिश भन्छन्, “मेस्सी जिउँदो छँदासम्म अरु कुनै पनि खेलाडी उत्कृष्ट हुन सक्दैन… पुरा पढौ

विश्वकप क्रिकेटमा हारेपनि इमरानले कायम गरे नयाँ रेकर्ड

जारी विश्वकप क्रिकेटबाट दुई खेल खेल्न बाँकि हुदै दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरिएपनि स्पिन बलर इमरान ताहिरले भने नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तानविरुद्ध २ विकेट लिदै ताहिरले विश्वकपमा दक्षिण अफ्रीकाको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । पाकिस्तानमा जन्मिएका ४० बर्षिय ताहिरले विश्वकपमा ३९ विकेट लिदै सो रेकर्ड बनाएका हुन् । सन् २०११, २०१५ र २०१९ गरी ३ विश्वकप खेलेका ताहिरले विश्वकपको २०औ खेलमा ३९ विकेट लिएका हुन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं