ताजा समाचार

असार ११ गते २०७६

महिला विश्वकप फुटबलबाट बाहिरिए २ एसियाली राष्ट्र

इटाली र नेदरल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । फ्रान्समा जारी प्रतियोगिताको मंगलबार राति भएको खेलमा चीनलाई २–० गोल अन्तरले पराजित गर्दै इटाली क्वार्टरफाइनलमा पुगेको हो ।

Lieke Martens held her nerve in stoppage time to slot home a penalty and win the game

इटालीको जितमा भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्डसंग खेल्नेछ । 

The no 11 burst away in celebration after winning the game for her nation in the dying moments

एसियाली फुटबलको पावर हाउस जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । 

Yui Hasegawa had pulled Japan level in the tie at 1-1 after delicately chipping the goalkeeper

खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । 

The Holland 'keeper rushed out but closed her eyes as Hasegawa pulled off the classy finish

खेलको १७ औं मिनेटमा नेदरल्याण्डले खेलमा अग्रता लिएको थियो । लिटके मार्टेन्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएकी थिईन् । ४३ औ मिनेटमा हसेगावाको गोलबाट जापान खेलमा फर्किएको थियो ।

With clenched fists and arms outstretched in celebration, Hasegawa let out a cry of relief

खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै नेदरल्याण्डलाई क्वार्टरफाइनलमा पुर्याइन् । 

The goalkeeper had her vision impaired as the ball honed in on the bottom corner of the goal

यो खेलसंगै क्वार्टरफाइनल पुग्ने टिमहरुको टुंगो पनि लागेको छ । 

यसअघि जर्मनी, नर्वे, इंगल्याण्ड, फ्रान्स, अमेरिका र स्वीडेन क्वार्टरफाइनलमा पुगेका थिए ।