ताजा समाचार

असार ११ गते २०७६

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफको पोल्टामा

कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो। टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो।

७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा ४ विकेटको क्षतिमा ७४ रन बनाउन सफल भयो। सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको थियो। सुदूरपश्चिमले प्रदेश नं २ लाई समूह चरणको अंकको आधारमा पछि पारेको हो। एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’ बाट अन्तिम चरणमा पुगेको थियो।

प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी ८ टोली सहभागी थिए। वर्षाका कारण ४ खेलमा असर परेको थियो। उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।