समाचार

मलेशियामा कार्यरत एक युवकको मृत्यु

वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य, दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाइ दानकुबिर राईले जानकारि दिए । मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्ने सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए। मृतक राईको शव… पुरा पढौ

बाँसको जराबाट मूर्ति

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आएका उनका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको छ । नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसकेका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँसलगायत कच्चा पदार्थ… पुरा पढौ

डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी शरणार्थी बेपत्ता

एजेन्सी– उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रवासी शरणार्थी बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएमले) बुधबार जारी गरेकाे प्रेस विज्ञप्तिमा भनेको छ, ‘जिबोटीको ओबोक क्षेत्र नजीकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।’अहिलेसम्म दुई जनालाई जीवितै र तीन महिलाको शव भेटिएकाे आइओएमले बताएको छ । बेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा बेपत्ता भएको करिब… पुरा पढौ

(एनवाइइएफ) को अध्यक्षमा युवा व्यवसायी वैभव पौडेल निर्वाचित

नेपाली युवा उद्यमी मञ्च पोखरा (एनवाइइएफ) को अध्यक्षमा युवा व्यवसायी वैभव पौडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न १४औं साधारणसभा तथा नवौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रसिडेन्ट इलेक्टमा पुनित वैद्य, प्रेसिडेन्ट नोमिनीमा सुनिलबहादुर भट्टराई, प्रोग्राम चियरमा सुयास मल्ल, फाइनान्स चियरमा निरन केसी निर्वाचित भएका छन् । सदस्यहरुमा विनय थापा, विशेष थापा, सूर्य बराल, मीलन केसी, प्र्रतिस पालिखे, समेजराज भण्डारी छन् । कार्यक्रममा बोल्दै… पुरा पढौ

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो

यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई संतोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ । आयोजक… पुरा पढौ

निर्मलाका न्यायका लागि लड्दा जिउँदै लास बनेका अर्जुन भण्डारा ,आमाको यस्तो रुवाबासी भिडियो सहित

कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी  भएको  घाइते बनेका अर्जुन  भण्डाराको अवस्था निकै दयनिय भएको छ । उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ द सोनिका सो “ मार्फत सार्वजनिक भएको छ ।… पुरा पढौ

सेवा शुल्क नहटाउन मजदूर युनियनहरुको चेतावनी

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल(रेबान)ले सेवा शुल्क खारेज गरेपछि अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले रेस्टुरेन्ट सञ्चालकलाई धम्कीसहितको पत्र पठाउन थालेका छन् । आन्दोलित भएका मजदुरले रेस्टुरेन्टका सञ्चालकलाई रेबानले जारी गरेको विज्ञप्तिप्रति आफ्नो आधिकारिक धारणा २४ घन्टाभित्र प्रष्ट पार्न र रेबानकै धारणा आधिकारिक भए प्रतिकारमा उत्रने चेतावनीसहितको पत्र पठाएका छन् । रेस्टुरेन्ट सञ्चालकका अनुसार काठमाडौं उपत्यकाका अधिकांश सञ्चालकलाई धम्कीयुक्त पत्र पठाइएको छ । रेस्टुरेन्टभित्रैका मजदुर युनियनका शाखामार्फत पत्र… पुरा पढौ

मालपोतका कर्मचारीलाई जनकारवाही !

मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठनका कार्यकर्ताले कालोमोसो दलेका छ्न्। बुधबार दिउँसो कार्यालय समयभित्रै वैद्य नेतृत्वको युवा विद्यार्थी संगठनले कालोमोसो दलेको  विद्यार्थी नेता हिमाल शाहीले जानकारी दिए। मालपोतमा काम गर्ने कर्मचारीहरूले आफ्ना र पैसामुखी भएर काम गर्ने जनगुनासो आएपछि मोसो दलेको शाहीले बताए। उनले सेवाग्राहीलाई सास्ती दिएकाले जनकारबाही गरिएको बताए। शाहीले चेतावनीस्वरूप कालोमोसो दलेको जानकारी दिँदै आगामी दिनमा थप कारबाही गर्ने बताए।… पुरा पढौ

४ पानी कम्पनीलाई उत्पादनमा रोक

प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका दुई र पर्वतका दुई कम्पनी रहेका छन् । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्वारा उत्पादित कालीका पानी, कार्की मिनिरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने… पुरा पढौ

अज्ञात रोगका कारण तिला नदीका माछा मरे

अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् । एक हप्ता अघिदेखि तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताए । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उनको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउने जाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उनले बताए। नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको भण्डारीको भनाइ छ । नदीमा मरेका माछा बजारमा बिक्रीसमेत हुने गरेका छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं