साउदी गएकी नेपाली युवती दूतावासमै भइन् सुत्केरी

नेपाली दुतावास साउदी अरबको सेल्टरमा आश्रय लिन आएकी नवलपरासी जिल्लाकी रिस माया सुत्केरी भएकी छन्। उनको कोखबाट छोरा जन्मिएको छ।

पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएपनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ।

नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन्। गत शनिबार ट्याक्सी ड्राईभरले दुतावास बाहिर छोडेर गए पश्चात दूतावासको आश्रयस्थलमा रहेकी उनले दुई दिन पश्चात सेल्टरमै बच्चा जन्माएकी हुन्।

ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा पत्तो नभएको जनाइएको छ। ति महिलाले बच्चा जन्माउदा परराष्ट्र मन्त्रालय कन्सुलर विभागका महानिर्देशक गेहेद्रराज भण्डारी साउदी अरबको भ्रमणमा रहेका थिए।

नेपाली राजदुत महेन्द्र सिंह राजपुतले मानबिय आधारमा ति महिला र बच्चाको स्वास्थलाई ध्यानमा राखी प्रसुती भए पश्चात तुरुन्त अस्पताल पुर्याईएको र हाल उनको प्रतक्ष्य रुपमा देखभाल गरिरहेको कुराकानीमा जनाएका छन्।

दुई वर्ष पहिला कुवेतबाट साउदी अरब ल्याईएकी नेपालीको शारीरिक अवस्था प्रसुती हुने देखेर घर मालिकले घरबाट निकाली दिएपछि उनी दूतावासको शरणमा आएकी थिईन्।

उनले घरमा काम गर्ने बंगालीसंगको सम्बन्धबाट गर्भ रहेको ति युवतीले बताएकी छन्। सुत्केरी युवती भिजिट भिसामा साउदी गएको बताईएको छ। प्रहरी केस हुँदा उनलाई १५ हजार रियाल सम्म जरिवाना हुन सक्ने दूतावासले जनाएको छ।

साउदी अरबमा घरेलु कामदार पठाउन रुपमा प्रतिबन्ध लगाइएको भए पनि अवैध बाटो हुँदै साउदी पुग्ने घरेलु कामदारको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।