तिन युवा हतियारसहित पक्राउ

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ हतियासहित सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरू हतियारसहित पक्राउ परेका हुन् । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्ता वापतको ४१ हजार ३९९ जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन् ।