समाचार

कर्मचारीहरु राणकालका भतुवा हुन् : प्रेम सञ्जेल

समय नपुग्दै सरुवा गरेको भन्दै सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका सरकारका उपसचिव प्रेम सञ्जले यतिबेला सबैतिर चर्चामा छन्। श्रम मन्त्रालयले अवधि नपुग्दै सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेर ‘स्टे–अर्डर’समेत लिएर आएका छन्। भ्रष्टाचारविरोधी छवि बनाएका उपसचिव सञ्जेलले नेपाल सरकारका कर्मचारी राणाकालका भतुवाहरुको जमात भएको आरोपसमेत लगाएका छन्। उनले आफ्नो ३ मिनेट लामो भिडियोमा नेपालमा कसरी हुन्छ भ्रष्टाचार, कसरी खान्छन् घुस ? भन्ने कुराको रहस्य खोलेका छन्। पढौं सञ्जेलको विचार। मैले मेरो… पुरा पढौ

कसले थुन्छ थुनोस, हिन्दु राष्ट्र स्थापना गर्छौंः अध्यक्ष लोहनी

राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् । प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जवराले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफ्नो असहमति रहेको बताए । तर, उनले त्यहि संविधानको अधिकार प्रयोग गर्दै आन्दोलन गर्ने बताए । ‘संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन… पुरा पढौ

जीप दुर्घटनामा १ को मृत्यु,१२ जना घाइते

तनहुँमा मंगलबार जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप… पुरा पढौ

अमेरिकाले भारतलाई दिइँदै आएको कर छुट खारेज गर्ने तयारी

अमेरिकाले भारत र टर्कीलाई विभिन्न सामानमा दिँदै आएको कर छुटको व्यवस्था खारेज गर्ने भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई प्रदान गरिएको भन्सार छुटको व्यवस्थाअनुसार भारतले अमेरिकामा अपेक्षित व्यापार गर्न नसकेको र आवश्यकता पुरा गर्न नसकेको भन्दै कर छुट सुबिधा खारेज गर्ने तयारी गरका हुन्। अमेरिकासँग अपेक्षित व्यापार गर्न नसकेको भन्दै टर्कीलाई प्रदान गएिको सुविधा अमेरिकाले खारेज गर्न लागेको जनाएको छ। अमेरिकाले यी दुबै मुलुकले अमेरिकासँग स्वस्थ्य व्यापार गर्न नसकेको ठहर… पुरा पढौ

केन्यामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।  दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । पुरा पढौ

सेनाका जवानले आफैलाई गोली हाने

कञ्चनपुरमा कार्यरत नेपाली सेनाका एक जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत २३ वर्षका वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरे प्रारम्भीक अनुसन्धानमा देखिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । ब्यारेकभित्रै खड्काले च्यूँडोबाट गोली हानेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओझाले बताए । प्रारम्भिक अनुसन्धान भएको र आत्महत्याका लागि प्रयोग गरेको भनिएको बन्दुक परीक्षणका लागि पठाइएको प्रहरी… पुरा पढौ

रवीन्द्र अधिकारीको घरमा समवेदना दिने हजारौं, शोक पुस्तिकामा कसले के लेखे?

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरूले विकास प्रेमी नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन्। रवीन्द्र अधिकारीको पोखरा ५ मालेपाटनमा रहेको घरमा उनका परिवारलाई समवेदना दिन हजारौं सहभागी भएका छन्। गायिका हरिदेवी कोइराला, पदमराज ढकाल, मनकुमार श्रेष्ठ, नवराज बराल लगायतले समवेदना दिँदै लेखेका छन् – ‘युवाहरूका ढुकढुकी कलाकारहरूको प्रेरणा, विकासका पहरेदार रवीन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं। तपाईंले देखाउनु भएको… पुरा पढौ

आगलागीमा परी एकको मृत्यु

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा घरमा भएको आगलागीमा परी एक किशोरीको मृत्यु भएको छ ।   मंगलबार बिहान ६ः१५ बजे भएको आगलागीबाट २० वर्षीया सम्झना कार्कीको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए। आगलागीबाट उनकी आमा राममाया कार्की घाइते भएकी छन्। राममायाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताए। आगलागी के कारणबाट भयो भनेर अनुसन्धान… पुरा पढौ

किसानलाई मलको मूल्य बढ्ने

यस वर्ष किसानलाई मलको मूल्य बढ्ने भएको छ। अर्थले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई अनुदान मूल्य घटाउन सुझाव दिएपछि मलको मूल्य बढ्ने भएको हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले यस वर्ष किसानलाई मलको मूल्य बढ्ने बताए। मलको खरिद र बिक्रीबीचको अन्तर रकम बढी भएकाले त्यसलाई समायोजन गर्न अर्थले सुझाब दिएको सुवेदीले बताए। ‘सरकारले अनुमान गरेको बजेटले मल ल्याउन पुग्दैन, थप बजेटका लगि अर्थमन्त्रालयमा पत्र पठाएका छौँ’ सुवेदीले भने… पुरा पढौ

रनरका मोटरसाइकल तथा स्कुटर पोखरामा पनि

बंगलादेशी उत्पादन रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पोखरामा बिक्री सुरुवात भएकोछ । पोखराको पस्र्याङमा रहेको शोरुमको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । स्टार जोन कम्पनी प्रालिले पोखरा क्षेत्रमा रनरको बिक्री सुरुवात गरेको हो । रनर बाइकको नेपालको आधिकारिक बिक्रेता रमन मोटर्स प्रालि हो । १ लाख ६५ हजार रुपैयाँदेखि ४ लाख ८४ हजार रुपैयाँसम्मका रनर बाइक तथा स्कुटर नेपाली बजारमा बिक्री… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं