समाचार

राहत र अस्थायी शिक्षकको आन्दोलन बेठीक : मन्त्रालय

स्थायी परीक्षामा छुट भएका अस्थायी तथा राहत शिक्षकलगायतको माग सम्बोधनका लागि नेपाल सरकारसँग सहमति भए पनि केही शिक्षक सडक आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। अति राजनीतिकरणको शिकार हुँदै आएको सामुदायिक विद्यालय क्षेत्रमा शिक्षकको लगातारको आन्दोलन र बार्ता जारी रहे पनि हरेक वर्ष कुनै न कुनै सङ्गठनको सडक आन्दोलन र अनशन चल्दै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते… पुरा पढौ

९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन : कुन–कुन छन् ?

स्थानीय तहको नाम र केन्द्र परिवर्तन गराउने सबैभन्दा बढी गाउँपालिका रहेका छन्। अहिलेसम्म ९८ स्थानीय तहका नाम र केन्द्र परिवर्तन गर्नेमा ९० गाउँपालिका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँसभा र नगरसभाबाट सिफारिस तथा प्रदेश सभाबाट अनुमोदित ४२ जिल्लाका ९८ गाउँपालिका र नगरपालिकाका नाम तथा केन्द्र परिवर्तन भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दुर्गा दाहालले जानकारी गराए। कूल ७५३ स्थानीय तहमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६… पुरा पढौ

कुस्मा–बलेवा यान्त्रिक पुल सञ्चालन

सदरमुकाम कुस्माबजार र छिमेकी जिल्ला बागलुको बलेवा जोड्ने केबुलकार जस्तै यान्त्रिक पुल मर्मत पछि पुनः सञ्चालनमा ल्याइएको छ । नियमित मर्मतका लागि विगत दश दिनअघिदेखि बन्द गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल मर्मतपछि आइतबार साँझदेखि सञ्चालनमा लाइएको हो । मर्मतका लागि फागुन १० गतेदेखि पुल बन्द गरिएको थियो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लट्ठाहरूमा समस्या देखिएपछि मर्मतका लागि बन्द गरिएकामा लट्ठा परिवर्तन गरेर सञ्चालनमा ल्याइएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक… पुरा पढौ

१०औं ‘क्यान इन्फोटेक’ पोखरामा शुरु

पोखरामा १०औं ‘क्यान इन्फोटेक’ सोमबारबाट सुरु भएको छ । मेला कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको हो । गण्डकी प्रदेशका आन्तरिक मामिना तथा कानुनी व्यवस्थामन्त्री हरिबहादुर चुमानले इन्फोटेकको शुभारम्भ गरे । उक्त अवसरमा मन्त्री चुमानले २१औं सताब्दीलाई सूचना प्रविधिले नेतृत्व गर्दै आइरहेको बताए । सरकारले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै पोखरामा प्रदेश आइटी पार्क बनाउन लागेको जानकारी दिए । क्यान महासंघ नेपालका अध्यक्ष हेमन्त चौरासियाले क्यानले… पुरा पढौ

सबै समस्या समाधान गर्छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अन्तिम प्रस्ताव तयार हुन लागेको र केही दिनमै पार्टी एकता टुंगिने बताएका छन्। सोमबार दिउँसो विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामी पार्टी एकताको अन्तिम तयारीमा छौं। प्रदेश समितिको त अन्तिम प्रस्ताव नै तयार भइसकेको छ। बाँकी काम पनि हामी छिट्टै सक्छौं। बीचमा हामी शोकमा भयौं, अब एकताले गति लिन्छ।’ प्रचण्डले मन्त्रीमण्डल हेरफेरबारे पार्टी र २ अध्यक्षबीच कुनै छलफल… पुरा पढौ

फोटो पत्रकार महासंघ गण्डकी अध्यक्षमा राम गुरुङ

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका राम गुरुङ चयन भएका छन् । अध्यक्ष गुरुङ कास्कीमा रहेर लामो समयदेखि फोटो पत्रकारिता गर्दै आइरहेका छन् । पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले गुरुङको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा बाग्लुङका मञ्जुल शाक्य, सचिवमा कास्कीकै कृष्णमणि बराल, कोषाध्यक्षमा कास्कीकै ओम लामा, सहसचिवमा तनहूँका मिलन दराईँ छन् । यस्तै सदस्यमा म्याग्दीका अमर बानियाँ र मनाङका नवीन लामिछाने छन्… पुरा पढौ

खानेपानीको मुहान पुरिँदा समस्या

डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ । रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुंगा फाल्दा खानेपानीको मुहानमा माटो र ढुंगाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो… पुरा पढौ

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तर रूपमा भइरहेको उल्लेख… पुरा पढौ

पोखरामा प्याराग्लाइडर रूखमै अल्झिएपछि…

कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्। पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए। ‘रूख निकै अग्लो छ अर्को रूखबाट उनको उद्धार गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘अर्को रूखबाट डोरी लगाएर पाइलटलाई अर्को रूखसम्म ल्याए तर रूखमा नै अल्झिएका कारण तल झार्न कठिन भएको छ।’ उनी अन्य… पुरा पढौ

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: कति पाउँछन् मृतक परिवारले बीमा रकम?

गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश ती व्यक्ति थिए जसले नेपालको उड्डयन नीति बनाउँथे, कार्यान्वयन गर्थे। उनीहरुको बुझाईमा नेपालको हवाइ यात्रु सुरक्षा, बीमासहित अन्य नीतिनियमहरु निर्देशित हुँदै आएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए। दुर्घटनापछि उड्डयन नीति निर्माण गर्नेहरूका परिवारले अब बीमा बापत कति रकम पाउँछन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं